Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

आज एकैदिन भेटिएका ४४८ कोरोना सङ्क्रमित कुन - कुन जिल्लाका हुन् ?

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज एकै दिन ४४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२४ पुरुष र २४ महिलामा सङ्क्रमण देखिएको बताए ।

आज देखिएको सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । गत माघ ९ गते नेपालमा पहिलोपटक चीनको वुहानबाट आएका एक विद्यार्थीमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ६२ पुगेको छ । तीमध्ये चार हजार ७०९ पुरुष र ३५३ महिला रहेका छन् ।

उहाँका अनुसार प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका दुई पुरुष र झापाका सात पुरुष रहेका छन् । यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा महोत्तरीका १० पुरुष, भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका आठ पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धादिङका एक पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ पुरुष, उदयपुरका तीन पुरुष र सिरहाका ११ पुरुष रहेका छन् ।

यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका एक पुरुष, झापाका छ पुरुष र सुनसरीका एक महिला तथा नौ जना सङ्क्रमण देखिएको छ । यसैगरी प्रादेशिक प्रयोगलामा पोखरामा गरिएको परीक्षणमा पर्वतका १३ पुरुष, स्याङ्जाका २२ पुरुष, नवलपुर ९पूर्व०का एक र तनँहुका एक पुरुषमा सङ्क्रमण भएको पृष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका दुई महिला र १३ पुरुष, बाँकेका एक महिला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा नवलपरासीका चार पुरुष, मोरङ एक, धादिङका दुई महिला र २५ पुरुष रहेका छन् ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका एक महिला र तीन पुरुष तथा सर्लाहीका चार पुरुष रहेका छन् । यस्तै राप्ति जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा दाङका तीन महिला र पाँच पुरुष रहेका छन् ।

सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका पाँच महिला र ३३ पुरुष तथा सुर्खेतका दुई महिला र ४३ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्धाखाँचीका दुई पुरुष, गुल्मी र पाल्पाका एक÷एक जना पुरुष, प्युठानका दुई पुरुषm रुपन्देहीका तीन महिला र १३ पुरुष नवलपुर ९पश्चिम०का एक महिला र एक पुरुष रहेका छन् ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १४१ जना सङ्क्रमण भएको पृष्टि भएको छ । तीमध्ये सर्लाहीका नौ महिला र ४१ पुरुष, रौतहटका ८६ पुरुष, बारा, धादिङ, धनुषा, नुवाकोटका एक/एक जना पुरुष र काठमाडौँकी एक जना महिला रहेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending