Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

गौरवका आयोजनाले समृद्धिमा फड्को : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय गौरवका आयोजनाले समृद्धिमा फड्को मार्ने बताएका छन् ।

बनेपा नगरपालिका–१ स्थित वडा कार्यालय भवनको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै चालु आर्थिक वर्षमा सञ्चालित तथा आवका लागि विनियोजित राष्ट्रिय गौरवका योजनाले समृद्ध देश बनाउन फड्को मार्ने बताएको हो ।

उनले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई तीव्रता दिन देशभरका क्षेत्रमा विकासलाई प्राथमिकतामा राखेको बताए । उनले भने, “घरघरमा विकास असम्भव होला तर, विकासले हरेक क्षेत्रका घरघरमा समृद्धिको अनुभूति दिलाउनेछ ।” उहाँले आगामी आर्थिक वर्षका लागि सरकारले अन्य जिल्लामाझै काभ्रेपलाञ्चोकमा पनि ठूला ठूला गौरवका आयोजनाका लागि अर्बौं बजेट विनियोजन गरेकोमा खुशी व्यक्त गरे।

बाँस्कोटाले राष्ट्रिय प्रतीरक्षा विश्वविद्यालय, मदन भण्डारी विश्वविद्यालय तथा बनेपा, पनौती र धुलिखेल तीन नगरलक्षित पुण्यमाता करिडोर, पाँचखाल बृहत् खानेपानी आयोजना, ललितपुरको ग्वार्कोदेखि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको कटुञ्जेसम्मको राष्ट्रिय राजमार्ग, भक्तपुरदेखि धुलिखेलसम्मको छ लेनको सडकलगायत गौरवका योजनालाई बजेट विनियोजन भएको स्मरण गरे।

“यी राष्ट्रिय गौरवका दीर्घकालीन योजना समृद्ध काभ्रेपलाञ्चोकको सूचक हुन्”, उनले भने। चालु तथा क्रमागतमा पाँचखालको विशेष आर्थक क्षेत्र (सेज)लगायत दर्जन खानेपानीका योजनाको निरन्तरताले समृद्ध काभ्रेपलाञ्चोकमा निकै महत्व राख्ने उनले जिकिर गरे । “जलविद्युत्का पनि दुई योजना अघि बढ्दै छन्, जिल्लावासीले चिन्ता लिनुपर्दैन”, उनले भने ।

बाँस्कोटाले यसअघि आजै बनेपा नपा–४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा स्थापना गरिएको कम्प्युटर ल्याबको उद्घाटन र बनेपा–नाला सडकखण्डमा महादेव खोलामा निर्माण सम्पन्न पुलको उद्घाटन गरेका थिए । उनले आफू सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदाका बखत सामुदायिक विद्यालयलाई डिजिटलाइजेसन बनाउने अभियानअन्तर्गत काभ्रेपलाञ्चोकका ९६ विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरेका थिए।

“प्रत्येक विद्यालयमा २४ कम्प्युटरसहित ब्याकअप व्यवस्थित गरिएको छ, यस अभियानअन्तर्गत देशभरका सामुदायिक विद्यालयमा सूचना–प्रविधिलाई सहज बनाउने उद्देश्य लिएका थियौँ”, कम्प्युटर ल्याब उद्घाटनका अवसरमा बाँस्कोटाले भने । साथै, उनले निर्धारित समयमै पुलको काम सम्पन्न भएकोमा निर्माण कम्पनीलाई धन्यवाद दिएका िथएुस । आगामी आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा क्रमागत, विशेष र अनुदानका १०४ योजना सञ्चालन हुने उनले जानकारी गराए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending