चिप्लेढुङ्गा ।“सेन्ट अपमा भन्दा राम्रो अङ्क ल्याइ माध्यामिक शिक्षा परीक्षा ९एसइई० दिने तयारी गरेको थिएँ, तर धोको पूरा नै भएन”, पोखरा–६ गौरीघाटमा देव भुजेलले भने । उनले एसइई परीक्षा यसपटक नहुने भएपछि नमज्जा लागेको बताए। “एसइईलाई अलि मेहनत गरेको थिएँ, परीक्षा दिइहाल्न पाएको भए हुने थियो, कारोनाका कारण रोकियो, तैपनि हुन्छ कि भन्दै कुर्दै बस्दा बस्दा अहिले त स्थगित नै भयो, सानैदेखि सुनेको ‘आइरन गेट’लाई उत्कृष्ट नतिजासहित पार गर्ने धोको पूरा भएन ।” नेशनल इन्भेन्टिभ बोर्डिङ स्कूलमा अध्ययरत उनले भने, “हामी ‘अनलक्की’ रहेछाँै, हाम्रै पालामा रोकियो, अब प्लस टुको अध्ययनबाट राम्रो गर्छु ।”
पोखरा–१७ पार्दीस्थित फिष्टेल बोर्डिङबाट सो परीक्षा दिन तयार रहेकी सदीक्षा आचार्यले आफूले सोचे जस्तो भएन भनेर दुःखी हुन नहुने तर्क गर्छिन् । उहाँ कक्षाका प्रथम छात्रा हुन् । उहाँ चार जिपिए ल्याउने तयारीका साथ अध्ययनमा जुटे पनि अहिलेको अवस्थामा स्वास्थ्यभन्दा विद्या ठूलो भनेर चिन्तित हुन नहुने बुझाइ छ । उनी भन्छिन्, “जुनसुकै विद्यार्थीका लागि एसइई महत्वपूर्ण खुट्किलो हो, सबैलाई उत्कृष्ट नतिजा ल्याएर यो पार गर्ने रहर हुन्छ, तर परिस्थिति हामीले सोचे जस्तो भएन, हामीसँग भएको ज्ञान कतै जाँदैन, कक्षा १० मा हामीले परीक्षा दिइसकेका छौँ । जीवन रहे पढ्ने अवसर कहिल्यै रोकिँदैन ।”
शिशुनिकेतनमा अध्ययनरत प्रज्जवल आचार्य उत्कृष्ट नम्बरसहित ‘आइरन गेट’ मानिने परीक्षा दिने तरखरमा हुनुहुन्थ्यो । तर सोचे जस्तो भएन । उनी भन्छन् “धेरै मेहनतका साथ एसइईको तयारीमा जुटेको थिएँ, एक्कासि स्थगितभन्दा नरमाइलो लाग्यो । पढेको ज्ञान त कतै जाँदैन तर एसइई दिन नपाएको धोको भने सधैँ रहने भयो । ” उनले १० कक्षाको परीक्षालाई भन्दा एसइईको परीक्षाका लागि धेरै मेहनत गरेको बताए । कोरोनाको महामारीमा सरकारले गरेको निर्णय ठिकै भएको उहाँको प्रतिक्रिया छ ।
कुमुदिनी होम्सका अध्यक्ष अशोक पालिखे अन्तिम अवस्थामा परीक्षा स्थगित गर्नुको विकल्प नभएको भन्दै यसलाई सहजरुपमा लिनुपर्ने बताउछन् । “सरकारले चैत ६ गतेदेखि परीक्षा लिएको भए हुने थियो, एकदिन अघिमात्रै परीक्षा रोकेको जानकारी गराउँदा धेरै विद्यार्थीलाई असर प¥यो, पढाइ विद्यार्थीसँग प्रत्यक्ष जोडिएको विषय हो, यसले उनीहरुमा पर्न सक्ने असरका बारेमा सरकारले बेलैमा सोच्न सक्नुपथ्र्यो, निकै ढिला ग¥यो, अहिले तीन महिनापछि भएको निर्णय स्वीकार्नुको विकल्प छैन ।” वार्षिकरुपमा ग्रेडिङ प्रणालीबाट हुने मूल्याङ्कनले विद्यार्थीको सही मूल्याङ्कन हुन नसक्ने उनको भनाइ छ ।
अभिभावक शिवराज आचार्यले अहिलेको अवस्थामा सरकारले गरेको निर्णय जायज भएको प्रतिक्रिया दिए । “यो अवस्थामा सरकारले जे ग¥यो ठीक ग¥यो बच्चाहरुलाई पनि अभिभावकले सम्झाउनुपर्छ, उनीहरुलाई निरास हुन दिनुहुँदैन ।”
सरकारले चैत ६ गतेबाट हुने भनिएको परीक्षा कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै चैत ५ गते स्थगित गरेको थियो । बन्दाबन्दीका कारण परीक्षा अनिश्चित बन्दै जाँदा यही जेठ २८ गते बुधबार मन्त्रिपरिषद्को निर्णयले यो वर्षको एसइई नगर्ने र आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने निर्णय गरेको हो ।
यसपटक सो परीक्षामा देशभर चार लाख ८२ हजार विद्यार्थी एसइई तयारीमा थिए । ती मध्ये यहाँका १० हजार ८४० परीक्षार्थी रहेका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: