तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोरवाराही मार्ग निर्माण सम्पन्न भएको एक वर्षमै भत्किएको छ । नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा निर्माण गरिएको सडक एक वर्षमै भत्किएको हो ।
नगरपालिकाले गत आर्थिक वर्ष २०७५र७६ को बजेटबाट सडक ग्राभेल र कल्भर्ट नाला निर्माण गरेको थियो । तर, उक्त मार्गको केही ठाउँमा सडक भासिएको र नाला भत्किएको स्थानीयवासी दीपक महतले जानकारी दिए । “गुणस्तरहीन काम गरेका कारण छिट्टै सडक र नाला भत्किएको हो, यसबारेमा अनुगमन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ”, महतले भने।
स्थानीयवासी चन्द्रकान्त भण्डारीले के कारणले सडक र नाला भत्किएको यस बारेमा आफूहरु अनभिज्ञ रहेकाले यसको छानबिन गर्नुपर्ने बताए। “खोलाका कारण नाला भत्किएको हो, प्राविधिक त्रुटि थियो कि थिएन भन्नेबारेमा हामीलाई जानकारी भएन”, उनले भने । शुक्लागण्डकी नगरपालिकाका इञ्जीनियर तारापति भट्टराईले नगरपालिकाको रु ६० लाख र स्थानीय उपभोक्ताको रु १२ लाख गरी कूल रु ७२ लाख लागतमा सडक ग्राभेल र नाला निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मार्गको अनुगमनपश्चात उपभोक्ता समितिलाई भुक्तानी दिइएको थियो ।
इञ्जीनियर भट्टराईले खोलाको आडमा जेसिभी प्रयोग गरी खोला खनिदिएका कारण सडक र नालामा क्षति पुगेको बताए । “फाउण्डेशनभन्दा तल लगेर खनेका कारण निर्माण भत्किएको हो”, उनले भने, “स्थानीयवासीले जेसिभी प्रयोग गरिदिएका कारण ग्राभेल बाटो चिरा परेको हो ।” उक्त बाटोको अनुगमनका लागि नगरपालिकाले उपप्रमुख सविता रसाइलीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
छानबिन माग गर्दै अख्तियारमा उजुरी
सडक र नाला निर्माणमा अनियमितता भएको भन्दै स्थानीयवासी दीपक महतले छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा बिहीबार उजुरी दर्ता गर्नुभएको छ । उजुरीमा कामको जिम्मा लिने व्यक्ति, प्राविधिक र नगरपालिकाको अुनगमन टोली सबै कार्यक्षमतामा आशङ्का भएकाले छानबिन गर्न माग गरिएको छ ।
गल्ती औँल्याउँदा उल्टै पत्र
नाला र सडक भत्किएको विषयमा फेसबुकमा सार्वजनिक गरेपछि महतलाई शुक्लागण्डकी नगरपालिकाले पत्र काटेको थियो । नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालद्वारा हस्ताक्षरित उक्त पत्रमा नगरपालिकामा कार्यरत सवइञ्जीनियर अविनाश गुरुङ र अभिलेख पौडेलका सम्बन्धमा सामाजिक सञ्जालमा प्रचार गरेको र उक्त तस्वीरका बारेमा छलफल गर्न बोलाएको उल्लेख गरिएको छ । नगरपालिकाका सूचना अधिकारीसमेत रहेका लम्सालले उक्त विषयका बारेमा निष्पक्ष बुझ्नका लागि उनलाई पनि छलफलमा बोलाइएको जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: