जेनेभा । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० सङ्क्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ६९ लाख १६ हजार २३३ जना सङ्क्रमित भएका छन् ।
जोन अकिन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरण अनुसार विश्वभर चार लाख दुई हजार ६९४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख नौ हजार ८०२ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने १९ लाख २० हजारभन्दा बढी सङ्क्रमित रहेका छन् ।
सङ्क्रमणका हिसाबले दोस्रो धेरै सङ्क्रमित ब्राजिलमा छ लाख ७२ हजार ८४६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा आइतबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३५ हजार ९३० पुगेको बताइएको छ ।
त्यसैगरी रूसमा चार लाख ६७ हजार ७३ र बेलायतमा दुई लाख ८६ हजार व्यक्ति सङ्क्रमित भएका छन् । बेलायतमा कोभिड–१९ सङ्क्रमित ४० हजार ५४८ व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म कोभिड–१९ सङ्क्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ । रूसमा सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ अर्थात् पाँच हजार ८५९ व्यक्तिको मृत्यु भएको छ ।
यसैबीच कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटाली र स्पेनभन्दा अघि आएको छ । भारतमा आइतबारसम्म दुई लाख ४७ हजार ६७८ व्यक्ति सङ्क्रमित भेटिएका छन् भने करिब १० हजार व्यक्तिको मृत्यु भएको छ ।
भारत कोरोनाभाइरस प्रभावित मुलुकहरूको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: