काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथि तीन दिनदेखिको छलफल आज सम्पन्न भएको छ । उक्त विधेयकका विभिन्न शीर्षकअन्तर्गत आज ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र र रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका लागि विनियोजन बजेट र कार्यक्रमबारे छलफल भएको थियो ।
छलफलमा भाग लिने अधिकांश सत्तापक्षका सांसदले बजेटको बचाउ गर्दै सरकारले बजेटमार्फत घोषणा गरेका कार्यक्रम र आयोजनाको समर्थन गर्नाका साथै प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । प्रतिपक्षका सांसदले भने गन्तव्यहीन र प्राथमिकीकरण नभएको बजेट भएको जनाउँदै यसले मुलुकको अहिलेको आवश्यकता र समस्यालाई सम्वोधन गर्ने नसक्ने जिकिर गरेका थिए।
छलफलमा भाग लिने अधिकांश सदस्यले ऊर्जाको उत्पादन व्यापारका लागि नभई उपभोग गर्ने भएकाले विद्युतीय सवारी साधनको आयातलाई प्रोत्साहन गर्नुपर्ने बेलामा किन कर लगाउने कार्य भयो भनी प्रश्न गर्दै त्यसलाई सच्याउन सरकारलाई सुझाव दिएका थिए । छलफलमा भाग लिँदै नेपाली कांग्रेसका अमरेशकुमार सिंहले विद्युतीय सवारी साधनमा लगाइएको करको विरोध गर्दै फिर्ता लिन माग गरे । उनले सामुदायिक शिक्षालाई सुधार गर्ने जिम्मा निजी क्षेत्रलाई दिइएपछि सामुदायिक विद्यालयमा सुधार नभई भएको सम्पत्ति पनि बाँकी नरहने बताए।
कांग्रेसकै सञ्जयकुमार गौतमले प्रतिपक्षी हुनाको नाताले राष्ट्रिय ढुकुटीबाट हुने खर्चको एक एक कुराको हिसाबकिताब मागिन जानकारी दिँदै मुलुकले धान्न नसक्ने आयोजनाका लागि बजेट विनियोजन गर्नु उचित नभएको तर्क गरे ।
नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले बजेट कार्यान्वयन गर्दा स्वास्थ्य क्षेत्रमा बढी जोड दिनुपर्ने बताउँदै संकटको यस परिस्थितिमा आत्मनिर्भर अर्थतन्त्र बनाउने अवसर आएको धारणा व्यक्त गरे। उनले खुला सिमानालाई व्यवस्थित बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्ने सुझाव दिए।
सोही दलका कृष्णबहादुर राईले परराष्ट्र मामिलाका सन्दर्भमा देशको नीतिअनुसार मात्र कुनै पनि दल र व्यक्तिले आफ्नो कुरा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विद्युतीय सवारी साधनमा लगाइएको करका सम्बन्धमा जनताले प्रश्न सोधेका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाकै दीपकप्रकाश भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको पिसिआर परीक्षण उपकरण र यन्त्रका अभावमा रोकिएको बताउँदै तुरुन्त शुरु गर्न आग्रह गरे ।
बैठकमा सांसद दिव्यमणि राजभण्डारी, सरलाकुमारी यादव, गोपालबहादुर बम, दिलकुमारी, लक्ष्मी परियार, देवप्रसाद तिमिल्सिना, रङ्गमती शाहीलगायतले विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा आफ्ना धारणा व्यक्त गर्दै समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले सोमबार जवाफ दिने कार्यक्रम छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २६ गते बिहान ११ बजे बस्नेछ ।
(((
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: