Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो

काठमाडौं । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो ।

सङ्घका अध्यक्ष विनोद पौडेल, उपाध्यक्ष मानबहादुर साउद, महासचिव सुमन पाण्डेसहितको टोलीले सोमबार आयुर्वेद चिकित्सक सङ्घ नेपालका अध्यक्ष डा प्रकाश ज्ञवाली र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष देवराज लामिछानेलाई ज्याकेट हस्तान्तरण गरे ।

उत्पादक सङ्घका अध्यक्ष पौडेलले नेपालमा आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रभावकै कारण कोरोनाको सन्त्रास कम देखिएको उल्लेख गर्र्दै पछिल्ला दिनमा यसको महत्व बढ्दै गएको बताए। चिकित्सक सङ्घलका अध्यक्ष डा ज्ञवालीले वितरित ज्याकेटले औषधि उत्पादक, चिकित्सक, स्वास्थ्यकर्मी एक ठाउँमा छन् भन्ने सन्देश दिएको बताए । उनले भने, “हामी आयुर्वेदलाई स्वास्थ्य क्षेत्रको पहिलो चिकित्सकीय पद्धतिकै रूपमा विकास एवं विस्तार गर्न चाहन्छौँ, सरकारको माथिल्लो निकायमा रहेकाहरुले यो कुरो बुझिदिनुपर्छ ।”

यतिबेला विश्व नै कोरोनाको महामारीबाट अक्रान्त छ । कोरोना कहरको यो समयमा एलोप्याथी अर्थात् आधुनिक मेडिसिन नै प्रयोग गर्नेहरु पनि आयुर्वेद तथा वैकल्पिक चिकित्समा फर्किसकेका छन् । यही बेला आयुर्वेद चिकित्सकले अधिकतमरूपमा आयुर्वेदलाई आम मानिसमाझ पु¥याउनुपर्ने बेला आएको चिकित्सकहरुको भनाइ थियो ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष लामिछानेले अब आयुर्वेद औषधि उत्पादक, व्यवसायी, चिकित्सक एवं स्वास्थ्यकर्मीले आयुर्वेदलाई साझा एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताए । सरकारले भर्खरै आयुर्वेद ‘गाइडलाइन’ बनाएर आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रवद्र्धनमा ध्यान दिएको छ । नेपालीको रोेगप्रतिरोधात्मक क्षमता आयुर्वेद तथा जडीबुटीहरुकै कारण उच्च रहेको प्रमाणित भइसकेको आयुर्वेद चिकित्सकको भनाइ थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending