काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आउँदो पुस्तालाई धूमपान र निकोटिनविहीन बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व धूमपानरहित दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले धूमपान र निकोटिनविहीन गर्न आजकै दिनदेखि सबैआआफ्ना क्षेत्रबाट क्रियाशील हुनुपर्नेमा जोड दिए।
सन्देशमा उनले स्वस्थ र दीर्घायु बन्नका लागि सुर्तीजन्य पदार्थको सेवन र प्रयोग गर्न निरुत्साहित गर्ने, सेवनकर्तालाई त्याग गर्न अभिप्रेरित गर्ने र नवप्रवेशीलाई सेवन वा प्रयोग गर्ने अवसर नै नदिनु अथवा प्रयोग नगर्न भित्री मनदेखि अभिप्रेरित गर्नु हामी सबैको दायित्व भएको उल्लेख गरेका छन् ।
विद्यमान ऐन, नियम र निर्देशिकाको पूर्ण पालना गरेमा सुर्तीजन्य उद्योगको चलाखीपूर्ण रणनीतिको चक्रमा कोही फस्न पाउँदैनन् र जो कोही पनि रोगी भई अकालमा मृत्युवरण गर्नु नपर्ने र कोही पनि सँगै बस्नेले खाएको चुरोटको धुवाँबाट हुने असर खप्नु नपर्ने उनले बताए। सुर्तीजन्य उद्योगले गर्ने छलकपटपूर्ण प्रवद्र्धन र प्रलोभनकारी आकर्षक विज्ञापनबारे युवा समयमै सचेत भएमा धूमपान तथा निकोटिनबाट हुने असरबाट बच्न सकिने सन्देशमा उल्लेख गरिएको छ ।
आज विश्वभर सुर्तीजन्य उद्योगले गर्ने छलकपटपूर्ण प्रवद्र्धनबाट युवालाई बचाऔँ र उनीहरूलाई धूमपान तथा निकोटिनबाट हुने असरको रोकथाम गरौँ भन्ने नाराका साथ दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनले प्रकाशन गरेको प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूमा कोभिड–१९ को सङ्क्रमण गम्भीर देखिएको छ ।
सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने हुँदा कोभिड–१९ ले फोक्सोलाई अझै बढी असर पु¥याउँछ । धूमपानका कारण विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाख मानिससँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गर्छ ।
नेपालमा हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । हरेक तीन नेपालीमध्ये एकजना धूमपान तथा सुर्तीजन्य पदार्थको अम्मली भएको देखिन्छ । सुर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि अति घातक देखिन्छ भने दीर्घ जीर्ण रोग अर्बुद, मुटु रोग, दम, खोकी, मधुमेहजस्ता रोग लाग्नुको प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ हो ।
धूमपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटभित्र मुटुको धड्कनमा सुधार आई उच्च रक्तचाप नियन्त्रणमा आउँछ । १२ घण्टापछि रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा फर्किन्छ । दुईदेखि १२ हप्तामा फोक्सोमा सुधार आई राम्रो काम गर्न थाल्छ । एकदेखि नौ महिनापछि खोक्ने र छिटो छिटो श्वास फेर्नेमा सुधार आउँछ ।
मन्त्री ढकालको सन्देशमा सुर्तीजन्य पदार्थ सेवन नियन्त्रण र नियमन गर्न विश्वव्यापीरुपमा ऐन, कानून र निर्देशिका जारी गरी आमजनतामा सुर्तीजन्य पदार्थ कहिल्यै नगर्न र गर्नेलाई यसको लतबाट छुटाउन विश्वव्यापी अभियान र कार्यक्रम भइरहेको उल्लेख गर्दै सुर्तीजन्य उद्योगले नवसेवनकर्ताहरूको सङ्ख्या वृद्धि गरी आफ्नो व्यवसाय दिगो बनाउन चलाखीपूर्ण बजारका रणनीति अवलम्बन गरेको पाइएको बताए ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका कार्यक्रमले सेवनकर्ताको सङ्ख्यामा उल्लेख्य कटौती हुँदै गएको अवस्थामा सुर्ती उद्योगले सधैँ नयाँ ग्राहक वा सेवनकर्ता पहिचान गर्ने, उनीहरूलाई आकर्षित गर्नेगरी विज्ञापन गर्ने गर्छ । यी प्रवद्र्धनका लागि मात्र रु ८० अर्ब डलरभन्दा बढी खर्च गर्ने गरेको देखिन्छ । ती विज्ञापन धेरैजसो नवयुवामा लक्षित भएको देखिन्छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: