Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

दाना नभएपछि कुखुराले कुखुरा खाँदै, ३ करोड बढीको कुखुरा जम्मा

\"\"

पाँचथर । लकडाउनका कारण पाँचथरमा अहिले कुखुराको मासु खपत नहुँदा कुखुरापालक कृषक तथा पोल्ट्रीफार्म डिलरहरु समस्यामा परेका छन् ।

लकडाउनको समयमा मात्रै रु तीन करोडको कुखुरा अहिले जाममा परेको छ भने अर्कोतिर ती कुखुरालाई दिने दानाको समेत अभाव हुँदा कृषक र व्यवसायी मर्कामा परेका हुन् ।

फिदिम नगरपालिका–२ पल्लोटारका कृष्ण मुरारी ओझाले लकडाउनको समयमा ब्रोइलर कुखुराको चल्ला लगाए, उनले लगाएको चल्ला आजसम्म ७५ दिनको भइसक्यो । फ्रेसहाउस नखोलिनु र मासुको खपत नभएपछि अहिले उनको मात्रै रु १५ लाख बढीको कुखुरा अब खपत हुनेमा शङ्कै छ । उनी भन्छन्, “अब बैंकको ऋणको किस्ता कसरी तिर्ने, अवस्था यस्तो भयानक भयो, अब यसतर्फ राज्यको पनि ध्यान पुगोस् ।”

यस्तै फिदिम–४ थाक्लेमा केशव खनालले लगाएको एक हजार १०० कुखरामा अहिले दानाको अभाव र समयमै कुखुरा नउठाइदिँदा कुुखराले कुखुरालाई नै ठुँगेर र चारो खान नपाएर ३५० बढी कुखुरा मरिसकेका छन् । “रु १० लाखको कुखरा लगाइयो, अब बैंकबाट ऋण लिएर लगाएको कुखुरा नउठाइदिँदा त्यो पैसा कसरी तिर्ने कुनै उपाय छैन, यसका लागि सम्बन्धित निकायले हामीलाई पनि हेरिदिनुपर्यो”, खनालले भने ।

उनीहरू त प्रतिनिधि पात्र मात्रै हो, उनीहरूजस्ता धेरै कृषकले लगाएको कुखुरा अहिले जाममा परेको छ । चल्ला लगाएको ४५ दिनदेखि ५० दिनभित्रमा कुखुराको चल्ला उठाइसक्नुपर्ने हुन्छ तर अहिले १०० दिन कटेको कुखुरा पनि डिलर्सले उठाउन सकेका छैनन् जसका कारण पाँचथरमा मात्रै रु तीन करोड बढीको कुखुरा अहिले खपत हुन नसकेको पोल्ट्री हाउस सञ्चालक बताउँछन् ।

पाथीभरा पोल्ट्रीफार्मका सञ्चालक कुमार खरेलले भने, “चारो झापाबाट ल्याउनुपर्ने हो, नियमितरूपमा ल्याउन सकिएको छैन, ल्याएको चारो सबै कुखुरापालक कृषकलाई पु¥याउन सकिएको छैन, कुखुराको खपत छैन, लकडाउनका कारण फ्रेसहाउस बन्द छन्, पोल्ट्री सञ्चालक, कुखुरापालक कृषक मर्कामा परेका छन् ।”

यसअघि दैनिक ५०० बढी कुखुरा सदरमुकाम फिदिममा मात्रै खपत हुने गरेको थियो । अहिले पाँचवटा सम्म कुखुरा बिक्री हुने अवस्था नभएको फ्रेसहाउसहरु बताउँछन् । अब राज्यले क्षतिपूर्ति दिनुपर्ने तथा बिनाब्याज ऋण उपलब्ध गराउनुपर्ने कुखुरापालक कृषकको माग छ ।

कुखुरापालक कृषक अहिले दोहोरो मारमा परेका छन्, एकातिर डेढ महिनामा उठाउनुपर्ने कुखुरा तीन महिनामा पनि डिलरले उठाउन सकेको छैन भने अर्कोतिर कुखुराको वजन निरन्तर घट्ने भएको हुँदा कृषक दोहोरो मारमा परेका हुन् । अब यी कुखुराको मासु खपत भइसक्न लकडाउन खुलेर सहज परिस्थिति भयो भने पनि झण्डै दुई महिना लाग्ने पोल्ट्रीफार्र्म डिलर्सहरु बताउँछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending