Life insurence
Khabar Dabali ७ असार २०७८ सोमबार | 21st June, 2021 Mon
Himalayan Golden detail page

केहिको चाहनाले नेकपा फुट्दैन्, फुटतर्फ लैजान सम्भव पनि छैन्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र एकता प्रक्रिया पुरा नहुँदै आन्तरिक द्वन्द्व चुलिएको छ । पछिल्लो समय त पार्टी नै फुट र विभाजन तर्फ जाँदै होइन् भन्ने पनि प्रश्नहरु उब्जीएका छन् । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपि शर्मा ओलीले चालेका पछिल्ला कदमले निकै आशंकाहरु पनि जन्माएका छन् ।

खबर डबलीका सन्देश अर्यालले पार्टी एकता प्रक्रिया नटुंगीँदै नेकपाभित्र देखिएको द्वन्द्वको बारेमा नेकपाका नेता तथा स्थायी समिति सदस्य देवेन्द्र पौडेल ‘सुनिल’सँग कुराकानी गरेका छन् । नेकपाभित्र देखिएको पछिल्लो द्वन्द्व र त्यसले सिर्जना गरेको परिस्थितिले नेकपाको भविष्यबारे देखाएको सम्भावनाबारे पौडेलसँग कुराकानी गरिएको छ । नेकपाका प्रभावशाली नेता पौडेलसँग नेकपाबारे गरिएको कुराकानीको सम्पादित अंश :

नेकपा एकताको दुई वर्ष कसरी समिक्षा गर्नुहुन्छ ? एकताबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

नेकपा एकता नेपालको इतिहासमा, श्रमिक तथा उत्पीडित वर्गको लागि खुसी, उत्साह र उल्लासको दिन बनेको थियो । सम्पूर्णं श्रमिक वर्ग तथा उत्पीडित समुदायको पक्षमा नेपाल अगाडि बढ्ने नयाँ अध्यायको सुरुवातीको रुपमा त्यो दिनलाई हामीले लिएका थियौं र लिन्छौं पनि । जुन उत्हासका साथ हामीले पार्टी एकताको घोषणा गरेका थियौं त्यो अनुसार एकतापश्चातका समयमा उत्साह देखिएको छैन् । पार्टी एकिकरणका कामहरु गर्न निकै ढिलो, मुस्किलले कतिपय कुराहरु टुंगिएका, सरकारका कामहरु पनि जनअपेक्षाअनुसार हुन नसकेका त्यसको साथसाथै कतिपय आपसी अन्तरविरोध र मतभेदहरु पनि यो वा त्यो रुपमा प्रकट हुँदै गएको परिस्थिति देखिएको छ । एकताको उत्साहलाई कहिँ न कहिँ आजका दिनबाट समिक्षा गर्दा अलिकति सम्बोधन हुन नसकेको व्यक्तिगत रुपमा मलाई महसुस हुन्छ ।

एकता प्रक्रिया नसकिँदै यो बीचमा पार्टी विभाजनतर्फ वा विग्रह तर्फ त जाँदै होइन् भन्ने पनि आशंका देखिए । पार्टीभित्रको अन्तरद्वन्द्वले त्यस्तो देखिएको हो कि, वास्तविकता नै त्यहि हो ?

विलकुलै यो पार्टी विभाजन हुँदैन् । त्यस्तो परिस्थिति आउन पनि दिइने छैन् । पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकले विभाजनतर्फ खबरदारी गर्नेछन् त्यसको पक्षमा मत जाहेर गर्ने छैनन् । मलाई व्यक्तिगत रुपमा पनि कुनै पनि मुल्यमा पार्टी टुटफुट वा विभाजन तर्फ लैजान पाईंदैन् भन्ने लाग्छ । म त्यो विषयमा दृढतापूर्वक खबरदारी गर्न चाहन्छु ।

पार्टीभित्र मतभेद, विवाद र बहस हुनु स्वभाविक हो । त्यहि नै पार्टीको जीवन पनि हो । त्यसैलाई हामीले द्वन्द्ववाद भन्छौं । विपरितका बीचमा बहस, छलफल र अन्तरक्रिया हुन्छ । र त्यहि बहस, छलफल र अन्तरक्रियाको बीचबाट पार्टीलाई एकपछि अर्को नयाँ एजेण्डामा रुपान्तरण गरेर अगाडि बढाउन सकिन्छ । यसरी नै संसारका राजनीतिक पार्टीहरु अनि कम्युनिष्ट पार्टीहरु चल्ने गरेका छन् । बरु त्यसको व्यवस्थापन सहि ढंगले हुन नसकेको, विपरितहरुले आफ्नो मतहरु राख्न नपाएको, कमिटीभन्दा बाहिर आफ्नो असन्तुष्टी प्रकट गरेको, कमिटीमा एकको अस्तित्व र भूमिकालाई अर्कोले कहिँ न कहिँ इन्कार गरेको, अस्वीकार गरेको अवस्थाले गर्दा त्यस्तो समस्या देखिएका हुन् कि भन्ने लाग्छ ।

पार्टीभित्र एउटाले अर्कोलाई त्यति धेरै स्वीकारेको देखिएन् । सरकार सञ्चालन तथा पार्टी सञ्चालनमा एक पक्षीय निर्णयहरु लागु गर्ने गरेको देखिएको छ । यसले अन्ततः पार्टीलाई कता लैजान्छ ? यसलाई कसरी हेर्नुहुन्छ ?

केहिको चाहना अनि इच्छाले पार्टी टुटफुट र विभाजनतर्फ जान्छ कि भन्ने आशंका सहि हुन सक्दैन् । त्यतातिर जान सम्भव पनि छैन् । नेकपासँग धेरैको आशा भरोसा जोडिएको छ । बरु सचिवालयका साथीहरुको भूमिकालाई स्वीकार गर्दै गर्दा उहाँहरुको काम गर्ने शैली प्रश्न उठेको छ । उहाँहरुको भूमिकाको प्रभावकारीतामा अपुगता रहेको हो कि भन्ने लागेको छ ।

जनताले दिएको जिम्मेवारी खासगरि देश बदल्ने, देशको आर्थिक विकास र समृद्धिको नेतृत्व गर्ने, संस्था र संस्कृतिको प्रत्याभूति दिलाउने, भ्रष्टाचारलाई खासगरि शुन्य सहनशीलतामा पुर्याउने घोषणा अनुरुप सुशासनको प्रत्याभूति दिलाउने, कतिपय अन्तराष्ट्रिय सम्बन्धहरुलाई व्यवस्थित रुपमा सुद्धढ गर्नेलगायतका कतिपय कुराहरुमा अलि अपुगता भएको हामीलाई महसुस हुन्छ । यी विषयहरुमा पुनः एकपटक बहस छलफल, अन्तरक्रिया गरेर पार्टीलाई सच्चाएर लैजाने बाहेक अर्को विकल्प छैन् । मलाई लाग्छ, अपुगताका बीच पनि पार्टी यहि दिशातिर जान्छ, जानुपर्छ र लैजानुपर्छ । एकपक्षीय ढंगले चल्ने सोंच बनाउँदा अन्ततः कसैलाई पनि फाइदा पुग्ने स्थिति हुँदैन् ।

पार्टीभित्र अन्तरद्वन्द्व चल्दै गर्दा, तपाईंहरुले स्थायी समिति बैठकको माग निरन्तर गरेको देखियो । बैठकको मिति पनि पटक–पटक तोकिने काम भयो । अनि अन्तिम समयमा बैठक स्थगित हुने अवस्था पनि बन्यो । अहिले मुद्दा अगाडि आउने सन्दर्भमा भारतीय सीमा अतिक्रमण, सरकारको नीति तथा कार्यक्रम र कोरोना महामारी परेको छ । स्थायी समिति बैठकको कुरा त अन्ततः छाँयामै पर्ने स्थिति देखियो । के कुरा मिलेर स्थायी समिति बैठक स्थगित भएको हो ?

कुरा मिलेर होइन्, यो बैठकको आवश्यकता थियो र छ । किनभने हामीले विधानमै स्थायी समितिको बैठक ३/३ महिनामा बोलाउने भनेका छौं । त्यसको साथसाथै सरकारको नीति तथा कार्यक्रम, बजेटजस्ता महत्वपूर्णं कुरामा पार्टीमा छलफल गरेर, पार्टीका साथीहरुको सुझाव लिएर गर्नुपर्छ भनेका छौं । पार्टीका भावना समेटिनको निम्ति, जनताबाट उठेका प्रश्नहरु, आशंकाहरु र आवश्यकताहरु के–के हुन् भन्ने कुरा पार्टीले निर्णय गरेर अगाडि बढ्नको निम्ति सरकारलाई निर्णय गर्न सजिलो होस् भनि हामीले स्थायी समिति बैठकको माग गरेका थियौं । विभिन्न परिस्थितिलाई देखाएर स्थायी समिति बैठक सारिएको छ ।

यस्तोमा कमिटीबाट बैठकहरुबाट पार्टीलाई अन्यत्र धकेलेर पार्टीले गति लिन सक्ने अवस्था रहँदैन् । कमिटीका बैठक बोलाएर, सहभागि भएर, साथीहरुको कुरा सुनेर र साथीहरुले उठाएका कुराहरुप्रति केन्द्रित भएर मात्रै पार्टीलाई व्यवस्थित र सुद्धढ बनाउन सकिन्छ । त्यता तिर सोंच्नको निम्ति पनि दुवै अध्यक्षलाई व्यक्तिगत रुपमा आग्रह पनि गर्न चाहन्छु ।

पछिल्लो बैठक बोलाईँदै गर्दा प्रधानमन्त्रीले सर्त राखेको सुनियो । उहाँले पार्टी आन्तरिक विवादबारे कुरा नराख्ने सर्तमा बैठक बोलाउन सहमती जनाउनु भएको भन्ने बाहिर आयो । तथापि बैठक स्थगित पनि हुन पुग्यो । यो बीचको घटनामा वास्वतमै के थियो ?

व्यक्तिगत रुपमा आरोप प्रत्यारोप तिर नजाऔं । पार्टीका दुवै जना अध्यक्ष केपि शर्मा ओेली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको विशिष्टकृत अवस्थामा नेतृत्व गर्न पार्टीले नै जिम्मा दिएको हो । उहाँहरुको सक्रियता र अबका दिनको आवश्यकतालाई सम्बोधन गर्ने इच्छाशक्तिका कारणले पनि पार्टी एकता भएको हो । तर उहाँहरु दुवै जनालाई कमिटीको अनुगमन, कमिटी प्रणालीमा आवद्ध हुने कुरा विधानले बाँध्दछ । विधान, कमिटी प्रणाली, हामीले बनाएको नियमावलीभन्दा बाहिर एक्लै तरिकाले चल्ने तथा मनोगत निर्णयहरु गर्ने कुराको अनुमति हामीले कहिँ कतै दिएका छैनौं ।

अब कमरेड केपि ओली जिको हकमा पनि त्यहि हो भने कमरेड प्रचण्डको जिको हकमा पनि त्यहि कुरा हो । कहिले काँही चिसो तातो भयो भने सहजीकरण गर्ने काम त पार्टीका साथीहरुबाट हुन्छ । सचिवालयका साथीहरु, स्थायी समितिका साथीहरु, केन्द्रिय समितिका साथीहरु नै उहाँहरुलाई सहजीकरण गर्न एकिकृत हुन र झन् अगाडि बढ्नको निम्ति शक्ति र तागत दिने स्रोतहरु हुन् । त्योभन्दा बाहिरबाट हामी चल्न खोज्यौं या त्यसप्रति हामी आशंकित हुने स्थिति पैदा भयो भने त्यो मनोगत बाटो दुर्घटनाको बाटो, अपरिपक्क बाटो, आत्मकेन्द्रित बाटो बाहेक अरु केहि हुँदैन् ।

एजेण्डामा प्रवेश नै गर्न नचाहेर हो वा अन्य कारणले हो त्यो उहाँहरुले जान्ने कुरा हो । तथापि अहिले पनि हाम्रो भनाई देश र पार्टीका महत्वपूर्णं विषयमा पार्टी कमिटीमा छलफल गरेर पार्टी कमिटीको स्वामित्व लिएर, अपनत्व लिएर काम गर्दा खेरि नै हामीले लागु गर्ने अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको संगठनात्मक पद्धतिको मेल खान्छ । हामीले बनाएको विधान र नियमावलीसँग त्यसको तादाम्यता मिल्छ ।

बैठक त अनिश्चित बन्दै गएको देखिन्छ । यस्तोमा बैठक नै नबोलाउने स्थिति भयो भने यहाँहरुको भूमिका के हुन्छ ?

हामीले त्यस्तो कल्पना गर्दैनौं । त्यस्तो कल्पनामा हामीले तर्क गर्न सक्दैनौं । किनभने समुहको केन्द्रिकृत अभिव्यक्तिको रुपमा कम्युनिष्ट पार्टी चल्छ । संसारभरका कम्यूनिष्ट पार्टी र अरु पार्टीहरु पनि पार्टी प्रणालीमा, दलीय प्रणालीमा त्यहि व्यवस्था अनुरुप पार्टीहरु अगाडि बढेका छन् । कम्युनिष्ट पार्टी त झन् सामुहिकताको केन्द्रिकृत अभिव्यक्तिको सिद्वान्त अनुरुप चल्ने भएको हुनाले जनवादी केन्द्रियताको सिद्वान्तलाई परिपालना गर्ने संरचनागत व्यवस्था भएको कारण बैठक नबोलाई पार्टी चलाउने भन्ने कुरा कल्पना पनि गर्न सकिन्न ।

पार्टी एकता गर्दै गर्दा अलि बढि तात्कालिक आवश्यकतालाई ध्यान दिइएको, वैचारिक विषयलाई अलि ध्यान नदिइएको देखिन्छ । कम्युनिष्ट पार्टी, राजनीतिमा अलि बढि वैचारिक विषय प्राथमिकतामा पर्छ । त्यसैको कारण अहिलेका समस्या सिर्जित भएका त होइनन् ? के मान्नुहुन्छ ?

विचारमा समस्या भएजस्तो त मलाई लाग्दैन् । दुवै पार्टीका पृष्ठभूमि, विचार र सिद्वान्तलाई हामीले महाधिवेशनमा लैजाने गरि पोष्टपनमा राखेका छौं । दुवैले विचार छोडेको वा त्यागेको भनेका छैनौं । दुवै पार्टीले बोकेका सिद्धान्त पनि यहि कालखण्डमा राम्रो काम गरेका सिद्धान्तहरु हुन् । आजको पार्टीलाई अगाडि बढाउनका निम्ति जनताको जनवाद हुँदै समाजवाद उन्मुख राज्यप्रणालीमा देशलाई लिएर जाने भन्नेमा हाम्रो आम पार्टीमा सहमत छ । यो विषयमा बरु पार्टीको दस्तावेज वरिपरि छलफल भएर कतिपय साथीहरुले आफ्ना विचारहरु राख्नुभएको छ ।

तर प्रश्न पद, असुरक्षा, शक्तिकेन्द्र, आफ्नो पोजिसनको निम्ति अनावश्यक दौडधुप यो बीचमा त्यतातिर अनावश्यक केन्द्रित हुँदा आशंकाहरु पैदा भएको भन्ने मैंले बुझेको छु । त्यसकारणले आफ्नो पद, गुट, समुहको पोजिसन के हुन्छ भन्ने कुराबाट हिसाब किताब गरियो भने पार्टी पार्टीको रुपमा अगाडि बढ्न सक्दैन् । पार्टीले वर्ग, दृष्टिकोण, देश, जनता र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखेर कम्युनिष्ट पार्टीले कार्यक्रम बनाउनु पथ्र्यो । त्यसो नहुँदा कता–कता केहि आशंकाहरु पैदा भएका हुन् कि भन्ने लाग्छ ।

पछिल्लो समय नेकपाप्रति धेरैको टिप्पणी नेकपा पार्टीभन्दा गुटहरुको समुह भन्ने छ । त्यहाँभित्र स्वस्थ खालको वैचारिक बहस छलफलभन्दा पद, प्रतिष्ठाको निम्ति चर्को रस्साकस्सी हुने भनिन्छ । किन नेकपा पार्टी बन्ने दिशातिर जान सकेन ?

यो पार्टी त पार्टीकै रुपमा गठन भएको छ । माथिदेखि वडासम्मका संरचनाहरु पनि टुंगीएका छन् । सबै तिरका संरचनाहरु करिब–करिब टुंगीसकेको हुनाले पार्टीकै अवस्थामा छ । तर भनिएजस्तो गुटहरु सलबलाएको, गुटभित्रका स्वार्थसमुह पनि कुनै खास उद्देश्यको निम्ति, पद प्राप्तीको निम्ति, आफ्नो व्यक्तिगत स्वार्थ सिद्धिका निम्ति कसको फेरो समात्ने तिर बढि नै दौडधुप भएको देखिन्छ । अहिलेको अवस्था गुटका स्वार्थहरु टकराएर सक्रिय भएको अर्थमा मैंले बुझेको छु । यो अवस्थाको अन्त्य नभएसम्म पार्टीले एउटा पार्टीको समग्र दृष्टिकोण सहित विचारको नेतृत्व गर्ने, राष्ट्रको नेतृत्व गर्ने, जनताको नेतृत्व गर्ने हैसियतमा उठ्न सक्दैन् । यसमा निकै गम्भिर खालको छलफल आवश्यक छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको पछिल्लो कदम निकै विवादास्पद देखियो । पार्टीभित्र निकै विरोध पनि भयो । तर त्यसबारे अझैसम्म पनि समिक्षा हुन सकेको छैन् । अहिले अन्य परिघटनाले छाँयामा पार्न खोजिएजस्तो पनि देखिएको छ । तपाईंहरुले निकै आक्रामक रुपले विरोध गरेको त्यो घटना वास्तवमै के थियो ?

त्यो एक हिसाबले नआउनु पर्ने एउटा पटाक्षेपको रुपमा त्यो घटनालाई मैंले बुझेको छु । नेपाली जनता कोभिड–१९ को महामारीविरुद्व संघर्ष गरिरहेको बेला, राज्यले नै लकडाउन घोषणा गरेको सन्दर्भमा दल अदलबदलसम्बन्धी कुरा र प्रतिपक्षलाई पनि तर्साउने शैलीमा अध्यादेश ल्याउने कुरा गलत छ । न त्यो समय सन्दर्भ मिल्थो, न कसैले आवश्यकता महसुस गरिएको थियो न त कसैले त्यसको माग गरेको थियो । त्यसकारणले त्यस घटनालाई बेमौसममा गलत ढंगले घटाइएको एउटा घटना भनि सम्झदा राम्रो हुन्छ ।

हामी केहि साथीहरुले यो गम्भिर गलत हुँदैछ भनेर फिर्ता लिन पनि अनुरोध गरेका थियौं । त्यसबारे गरिएको तर्क सुन्दा अरु केहि पार्टीका सांसदहरुले सरकारलाई बलियो बनाउन सहयोग गर्दै थिए भन्ने सुनियो । सरकार आफैं बलियो हुँदा यो विकल्प किन खोजियो, प्रश्न गम्भिर देखियो । बरु अहिलेको आवश्यकता भनेको बलियो सरकारको कार्यसम्पादन कसरी जनअपेक्षाअनुसार गर्ने भन्ने हो । त्यसकारण यो दलबदलसम्बन्धी र प्रतिपक्षलाई तर्साउने गरि जुन ढंगबाट अध्यादेश ल्याइयो यो निकै बेठिक थियो । फिर्ता हुने कुराले केहि सकारात्मक सन्देश गयो तर पनि त्यसरी कदम चाल्नुपर्ने स्थिति देखिनु अन्त्यन्तै गम्भिर छ ।

पार्टीको एकता प्रक्रिया पुरा भएको छैन् तर पृष्ठभूमिमा अलि शंस्काष्पद खालका भूमिका देखिएका छन् । तपाईं एउटा भूमिकामा रहँदै गर्दा, अबको नेकपा कता जाँदै छ जस्तो लाग्छ ?

निकट भविष्यमै पार्टी पंक्तिलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउन महाधिवेशनमा जानुपर्छ । महाधिवेशनमा जाँदै गर्दा, वैचारिक बहस, त्यसका संस्था र संस्कृतिका कुराहरु, संगठनात्मक प्रणालीका कुराहरु, जनताका आवश्यकता र सरकारको कामको समिक्षाबारे गहिरो गरि बहस गर्न सकिन्छ । पुरै वर्गीय पक्षधरता हुन नसके पनि न्यूनतम आधारभूत जनताको काम गर्न सक्ने गरि जनपक्षीय पार्टीको रुपमा यसलाई बदल्नुपर्छ । सरकारबाट त्यसको अभिव्यक्ति हुने गरि सरकार र पार्टीको सम्बन्धलाई सुमधुर बनाउने दिशामा लिएर जान सक्नुपर्छ ।

अहिले नीति तथा कार्यक्रम र बजेट आउँदैछ । सरकारको आयु करिब साढे दुई वर्ष बाँकी छ । पार्टी र सरकारको कामको मापन हुने भनेको बजेट नीति कार्यक्रम र जनताका आवश्यकताहरुको सम्बोधन भएको छ कि छैन् भनेर मापन गर्ने हो, त्यतातिर लक्षित भएको छ कि छैन् भनेर आपसी अन्तरविरोधलाई थाँती राखेर, जनताका आवश्यकताहरुमा केन्द्रित हुन पार्टीको भूमिका केन्द्रित हुनुपर्छ । धेरै गर्न नसकेपनि संस्कार, संस्कृति र सुशासनको क्षेत्रमा देखिने गरि काम हुनुपर्छ । कम्युनिष्ट सरकार भनेको कमसेकम इमान्दार छ, नैतिक छ भन्ने कुराको बोध गराउन सक्नु नै आजको आवश्यकता हो । त्यो दिशातिर पार्टीलाई लैजानुपर्छ । हामी त्यो ढंगबाट हामी पहल गर्छौं ।

अन्त्यमा, नेकपाको भविष्य के देख्नुहुन्छ ? नेकपाका शुभचिन्तकलाई के भन्नुहुन्छ ?

नेपालको इतिहासमा दुईवटा घटनालाई अलि महत्वका साथ हेरेको छु । एउटा कम्युनिष्ट पार्टीको स्थापना भएको दिन र दुई वटा पार्टीको एकताको दिन । यसले जनतामा निकै उत्साह पनि दिएको छ । अबको २०÷२५ वर्षको कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार चलाएर जनताको आधारभूत आवश्यक सम्बोधन गर्दै संसारकै नमूना देश बनाउँदै छ भन्ने हाम्रो दिमागमा पार्टी एकतापछि थुप्रै विचारहरु तरंगित भएका थिए ।

यी दुईवटा घटनालाई राम्रोसँग समिक्षा गर्दै व्यक्ति विशेषलाई दोष नलगाई यो आन्दोलनमा सहिद हुने, जेल नेल काट्ने अग्रजहरु, समर्पित व्यक्ति र व्यक्तित्वलाई सम्झेर यो पार्टीलाई त्यो दिशा तिर लैजानु पर्छ । अझै पनि पार्टीका इमान्दार नेता कार्यकर्ताले खबरदारी गर्ने, पहल लिने काम गर्नुपर्छ । निष्क्रिय नहुने, पलायन नहुने र पार्टीलाई सच्याउन निरन्तर भूमिका निर्वाह गर्ने गरि अगाडि बढ्यौं भने यो पार्टीलाई सहि दिशातिर लैजान सम्भव छ । पार्टीको भविष्य उज्जल छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy