हुम्ला। चालु आर्थिक वर्षका लागि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको आयोडिन युक्त नुनको कोटा माग गरिएको छ ।
यसवर्षका लागि निर्धारित कोटाको नुन अपुग हुने भएपछि जिल्लामा बसेको सर्वपक्षीय बैठकले थप कोटाका लागि माग गर्ने र आगामी आर्थिक वर्ष ०८३.०८४ को लागि वार्षिक कोटाको नुन माग गर्ने निर्णय गरेको हो ।
जिल्लाका सात वटा गाउँपालिकाका लागि एक हजार पाँच सय क्विन्टल आयोडिन युक्त नुन माग गरिएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन सिमकोट शाखाका प्रमुख राजबहादुर लामाले बताए।
यसमा ताँजाकोट र अदानचुली गाउँपालिका गरि पाँच सय क्वीन्ट, चङ्खेली र सर्केगार्ड गाउँपालिका गरि पाँच सय क्विन्टल र खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिका गरि पाँच सय क्विन्टल नुन थप माग गरिएको हो ।
चालु आर्थिक वर्षका लागि कर्पोरेसनले जिल्ला कै लागि चार हजार ३१९ दशमलव ६८ क्विन्टल नुनको कोटा निर्धारण गरेको थियो ।
उक्त नुन ढुवानी भएर आधिकांश बिक्री भई सकेको बताउँदै उनले अब बाँकी चार महिनाका लागि नुन अपुग हुने भएको कारण थप कोटाको नुन माग गरिएको बताए।
त्यसैगरी बैठकले आगामी आर्थिक ०८३.०८४ का लागि जिल्लाको माग अनुसार नुनको कोटा माग गरिएको छ । उक्त आर्थिक वर्षका लागि सिमकोट खार्पुनाथ गाउँपालिकाका लागि दुई हजार पाँच सय क्विन्टल, नाम्खा गाउँपालिकाका लागि ६३० क्विन्टल, सर्केगार्ड बिक्री केन्द्रका लागि एक हजार पाँच सय क्वीन्टल र श्रीनगर बिक्री केन्द्रबाट अदानचुली र ताँजाकोट गाउँपालिकाका लागि एक हजार पाँच सय क्विन्टल गरि जम्मा छ हजार १३० क्विन्टल नुन कोटा माग गरिएको प्रमुख लामाले बताए।
हुम्ला जिल्लामा कर्पोरेसनको ढुवानी अनुदान भएको कारण प्रतिकेजी नौ रुपियाँमा हुम्लावासीले नुन खरिद गर्दै आउनु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १४:००
काठमाडौं। अर्जुननरसिंह केसीले नेपाली कांग्रेस को संसदीय दलको नेतामा आफ्नो दाबी रहने बताएका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि ...
चैत्र ६ गते, २०८२ - १३:४६
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठन भएको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ। ...
चैत्र ६ गते, २०८२ - १३:१२
जनकपुरधाम। प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार पूजाअर्चना गरेको छिन् ...
चैत्र ६ गते, २०८२ - १२:४६
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गर्दै काठमाड...
चैत्र ६ गते, २०८२ - १२:३३
हुम्ला। चालु आर्थिक वर्षका लागि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको आयोडिन युक्त नुनको कोटा माग गरिएको छ । यसवर्षका लागि निर्धारित कोटा...
चैत्र ६ गते, २०८२ - १२:०७
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ ...
चैत्र ६ गते, २०८२ - ११:४५
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवार श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गरेका छन्। ...
चैत्र ६ गते, २०८२ - ११:३२
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक अवसर प्रदान गरेको छ।...
चैत्र ६ गते, २०८२ - ११:१३
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७,८०० रुप...
चैत्र ६ गते, २०८२ - १०:५६
नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिकाले हावाहुरी र आँधीबेहरीको पूर्वानुमानका कारण शुक्रबार पालिकाभित्रका सबै विद्यालयमा विदा दिएको छ। जल तथा मौसम विज्ञ...


प्रतिकृया लेख्नुहोस्: