Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

नेकपाको ओरालो यात्रा : शिखरदेखि संकटसम्म ३४ वर्षको उतारचढाव

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनले तीन दशकभन्दा बढी समय नेपाली राजनीतिमा निर्णायक प्रभाव जमायो  । सशस्त्र संघर्ष, जनआन्दोलन, संविधान निर्माण र सरकार सञ्चालनसम्म आइपुग्दा कम्युनिस्ट शक्ति कहिले पहिलो त कहिले तेस्रो शक्तिका रूपमा स्थापित भयो। तर पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा इतिहासकै कमजोर अवस्थामा पुगेको छ।

ताजा परिणाम : चौथो स्थानमा खुम्चिएको शक्ति

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले जम्मा ७ सिट जित्दै चौथो स्थानमा सीमित भएको छ। प्रत्यक्षतर्फ कमजोर प्रदर्शन गरेको नेकपाले समानुपातिकतर्फ पनि उल्लेख्य मत ल्याउन सकेकाे  देेखिँदैन।

आइतबार अपरान्ह ५ बजेसम्म ४५ लाख ३० हजार ९१३ मत गणना हुँदा नेकपाले ३ लाख ४ हजार ६२ मत मात्रै प्राप्त गरेको छ।  एक समय राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति मानिएको दल अहिले अस्तित्व र प्रभाव जोगाउने संघर्षमा देखिएको छ।

विद्रोहबाट शिखरसम्म

२०५२–०६२ सालसम्म चलेको सशस्त्र विद्रोह र २०६२/६३ को जनआन्दोलनपछि माओवादी शक्ति मूलधारमा आयो। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी २२९ सिटसहित पहिलो दल बन्यो।

राजतन्त्र अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो।  समय पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी शक्ति परिवर्तनको प्रतीक थियो।

विभाजन, एकता र पुनः विघटन

२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि १७४ सिटसहित झण्डै दुईतिहाइ बहुमत प्राप्त भयो।

त्यो चरणमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड को सहकार्यले शक्तिशाली सरकार गठन भयो। तर आन्तरिक विवाद, नेतृत्व संघर्ष र सर्वोच्च अदालतको निर्णयपछि पार्टी पुनः विभाजित भयो। विभाजनपछि जनआधार क्रमशः खस्किँदै गयो।

२०७० देखि २०७९ : क्रमिक गिरावट

२०७० : ८३ सिट — तेस्रो स्थान

२०७४ : एमालेसँग मिलेर दुईतिहाइ नजिक

२०७९ : ३२ सिट — तेस्रो स्थान कायम

२०८२ : ७ सिट — चौथो स्थान

यसपटक प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको वाम घटकहरू मिलेर नयाँ समीकरण बनाउने प्रयास भए पनि मतदाताले अपेक्षित समर्थन गरेनन्।

नयाँ चुनौती : रास्वपाको उभार

तीन वर्षअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित रूपमा बलियो देखिएको छ। पुराना दलहरूप्रतिको असन्तोष, भ्रष्टाचारका आरोप र आन्तरिक कलहले नेकपालाई कमजोर बनायो।

नयाँ पुस्ता र शहरी मतदाताको ठूलो हिस्सा रास्वपातर्फ सरेपछि नेकपा चौथो स्थानमा धकेलिएको विश्लेषण गरिँदैछ।

किन खस्कियो जनाधार?

विश्लेषकहरूका अनुसार नेकपाको ओरालो यात्राका प्रमुख कारणहरू यस्ता छन्:

नेतृत्वप्रति बढ्दो अविश्वास, पटक–पटकको विभाजन र गुटबन्दी, सरकार सञ्चालनमा विवाद र अस्थिरता, नयाँ पुस्तासँग दूरी  र एजेन्डाको कमजोर प्रस्तुति जस्ता कमजाेरी रहेका छन्  ।

एक समय परिवर्तनको एजेन्डा बोकेको दल अब यथास्थितिको प्रतीकजस्तो देखिन थालेको आरोप पनि लाग्ने गरेको छ।

अस्तित्वको प्रश्न

३४ वर्षको यात्रामा नेकपा कहिले पहिलो, कहिले तेस्रो र अहिले चौथो शक्तिमा खुम्चिएको छ।  के नेकपा पुनः आफूलाई पुनर्गठित गर्दै जनविश्वास फर्काउन सक्छ? कि यो गिरावट दीर्घकालीन राजनीतिक सन्देश हो?    जस्ता  प्रश्न जन्मिएका छन् ।

नेपाली राजनीतिमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै समाप्त भएको छैन। तर परिवर्तनको राजनीति केवल इतिहासको उपलब्धिमा टिकेर बाँच्न सक्दैन; निरन्तर आत्मसमीक्षा र नयाँ दृष्टि अनिवार्य भएकाेे जनादेशले सन्देश दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेश सत्ता फेरबदलको संघारमा, सातै प्रदेशमा ‘किङमेकर’ नेकपा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...

शुक्रबारसम्म भारी वर्षाको चेतावनी, तीन दिन सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...

एमालेसँग कांग्रेसको सत्ता सहकार्य टुट्ने संघारमा, दुई प्रदेश सरकार संकटमा

काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...

गृहमन्त्रीको प्रतीक्षा गर्दै मिटरब्याज पीडित, समाधान नभएपछि काठमाडौं हिँड्ने चेतावनी

बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...

सर्वोच्चको अर्को अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोकियो

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...

अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुने ट्रम्पको चेतावनी

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending