झापा । झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो ।
गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत सात वर्षदेखि भारतीय एसएसबीले सो जग्गामा नेपालीलाई भोगचलन गर्न नदिएको बताए । त्यसअघि नेपालीहरुले सो जग्गामा खेती गर्दै आएका थिए । भारतको विहार प्रान्तसँग सीमा जोडिएको सो स्थानमा रहेको १११ नं सीमास्तम्भ माओवादी द्वन्द्वका बेला हराएको थियो । सीमास्तम्भ हराएपछि भारतीय एसएसबीले नेपालीलाई सीमास्तम्भ उखेलेर लगेको बताउँदै २० बिघा जग्गा कब्जा गरेको गाउँपालिकाका अध्यक्ष साहले बताए ।
‘नेपालको भूमि हो भनेर जानीजानी भारतीय एसएसबीले स्यालमाराको २० बिघा नेपाली भूमि कब्जा गरेको छ”, गाउँपालिकाका अध्यक्ष साहले सँग भने, “आफ्नो जग्गा खनजोत गर्न जाँदा हतियार देखाएर अवरोध पु¥याइने गरेको छ ।” उनका अनुसार अतिक्रमित भूमि स्थानीय १२ जना नेपालीको नम्बरी जग्गा हो । जग्गाको धनीपूर्जा नेपालीहरुसँगै छ भने सोको मालपोत जग्गाधनीहरुले तिरिरहेका छन् । भारतीय सुरक्षाकर्मीले उक्त जग्गामा स्थानीय जग्गाधनीलाई भोगचलन गर्न निषेध गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाले भारतसँग जोडिएका सीमावर्ती स्थानका सुरक्षा चौकीहरुको अनुगमन गरी पारित गरेको प्रतिवेदनमा समेत भारतद्वारा गरिएको भूमि अतिक्रमणबारे उल्लेख छ । सङ्घीय सांसद्, प्रदेश सांसद, पालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा समितिले यही वैशाख १९, २२ र २३ गते भारतसँग सीमा जोडिएको झापाको उत्तरी मेचीनगरको पाटापुरदेखि दक्षिणी गौरीगञ्जसम्मको १४४ दशमलव दुई किलोमिटर लामो सीमाक्षेत्रको स्थलगत अनुगमन गरेको थियो । अनुगमनको प्रतिवेदन शनिबारको बैठकले पारित गरेको छ ।
अनुगमन प्रतिवेदनमा झापा गाउँपालिकाको वडा नं १ स्यालमारा भन्ने सीमा क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको पाइएको हुँदा सो भूमि फिर्ता गराइनुपर्ने उल्लेख गरिएको छ ।
अनुगमन समितिले प्रतिवेदनमा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि वर्षायाम शुरु भएको हुँदा तत्काल रेनकोट, गमबुटको व्यवस्था गर्नुपर्ने, अस्थायी चौकीहरुलाई हावापानीबाट सुरक्षित हुने गरी स्थायी संरचनामा बदल्नुपर्ने, चौकीसम्म पुग्ने बाटो निर्माण गरिनुपर्ने, वाटरसिल शौचालय निर्माण गरिनुपर्ने, सशस्त्र प्रहरी गणलाई नयाँ सवारी साधन उपलब्ध गराइनुपर्ने, सशस्त्र प्रहरीको बिओपीमा चारचक्के सवारी साधन उपलब्ध गराइनुपर्नेलगायतको सुझाव दिइएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताए ।
उनका अनुसार प्रतिवेदनमा सीमा क्षेत्रमा दीर्घकालीनरूपमा सुरक्षा चौकी राखेर स्थायी संरचना निर्माण गर्न, जनशक्तिको थप व्यवस्थापन गर्न, सीमा क्षेत्र केन्द्रित मोबाइल टावरहरु विस्तार गर्न, एक चौकीबाट अर्को चौकीसम्म निगरानी गर्न सिसी क्यामेरा जडान गर्न र मेचीपारीको नेपाली बस्तीसम्म पुग्न पुलको व्यवस्था गर्न सुझाव दिइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: