बुटवल । प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ २५६४ औं बुद्धजयन्तीका अवसर पारेर बिहीबारदेखि औपचारिक रुपमा समापन भएको छ । प्रदेश सरकारले गौतम बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रसारका साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष वैशाख पूर्णिमामा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेको थियो ।
भ्रमण वर्षका अवसरमा लुम्बिनीलगायत बुद्धसँग सम्बन्धित कपिलवस्तुका क्षेत्र,नवलपरासीको रामग्राम, रुपन्देहीको देवदहलगायत क्षेत्रहरुको प्रवद्र्धन र प्रचारप्रसारका महत्वपूर्ण कार्यक्रम आयोजना गरिएका छन् । सोही कार्यक्रममा बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा कोभिड –१९ महामारी विरुद्ध साझा संकल्प गर्दै लुम्बिनीमा दीप प्रज्वलनसमेत गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले महामारीविरुद्ध लड्न साझा ऐक्यबद्धताका लागि सबैलाई आह्वान गरे ।
लुम्बिनी भ्रमण वर्ष मूल समितिका संयोजक मुख्यमन्त्री पोखरेलले कोभिड –१९ विरुद्ध जुध्नका लागि बुद्ध दर्शनलाई आत्मसात् गर्न सकिए मानव समुदायलाई आवश्यक पर्ने आत्मबल प्राप्त गर्न सकिने बताए । उनले बौद्ध दर्शनले मानिसलाई निराशा नभएर आत्मविश्वास र मानसिक शान्ति कायम गर्न मार्गदर्शन गर्ने र भाइरसविरुद्ध लड्न सफलता प्राप्त गर्न महत्वपूर्ण भूमका खेल्ने विश्वास पनि व्यक्त गरे ।
सो अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं भ्रमण वर्ष कार्यकारी समितिका संयोजक लीला गिरीले भ्रमण वर्ष कार्यक्रम लुम्बिनी र बुद्धसँंग सम्बन्धित स्थानहरुको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्रित गरिएको बताउँदै यसबाट ती स्थानको प्रचारप्रसार तथा स्थानीयवासीमा संरक्षण र विकासमा अपनत्वको भावना जागरुक भएको बताए।
प्रदेश सरकारका उद्योग सचिव डा राधा वाग्लेले भ्रमण वर्षमा आयोजना गरिएका मायादेवी प्रसूति उत्सव, सुजाता खीर उत्सव, बौद्ध साहित्यगोष्ठी, अन्तरराष्ट्रिय बौद्धदर्शन गोष्ठी, त्रिपिटकवाचन तथा बुद्धसंँग सम्बन्धित स्थानमा प्रत्येक महिनाको पूर्णिमामा फुल मुन डे कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: