सल्यान। सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्तत: समाधान भएको छ।
वन र प्रहरीबिच उत्पन्न विवादपछि घटनाबारे बुझ्न वन निर्देशनालय सुर्खेतका निर्देशक शेरबहादुर श्रेष्ठ र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराम सापकोटासहितको टोली सल्यान पुगेको थियो। टोलीले स्थलगत अनुगमन गर्दा काम प्रक्रिया अनुसार नै भएको पुष्टि गरेको छ।
वन निर्देशक श्रेष्ठले अब समन्वय र सहकार्यका साथ कार्यक्रम अघि बढाइने बताए। उनका अनुसार जाँचबुझपछि जिल्ला प्रशासन कार्यालय सल्यानमा भएको छलफलले कार्यक्रमलाई थप पारदर्शी, समन्वयात्मक र कानुनी दायराभित्र राखेर कार्यान्वयन गर्ने समझदारी गरेको छ।
यसअघि डिभिजन वन कार्यालय सल्यानले सञ्चालन गरेको कार्यक्रममा अनावश्यक रूपमा रुख कटान भएको तथा राति काठ निकासी गरिएको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयले रोक लगाएको थियो।
कर्णाली प्रदेश प्रहरी प्रमुख जयराम सापकोटाले केही समस्या देखिएको भए पनि अब सबै काम कानुनी, पारदर्शी र नियमसंगत ढाँचामा मात्रै अघि बढाइने बताए। उनले स्पष्ट कार्यप्रणाली, नियमित अनुगमन र सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्दै कार्यक्रम अघि बढाउने वातावरण बनेको उल्लेख गरे।
यसबाट वन संरक्षण र उपयोगबीच सन्तुलन कायम हुने, साथै स्थानीय स्तरमा रोजगारी सिर्जना र राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
प्रमुख जिल्ला अधिकारी महेंद्रकुमार सापकोटाले नियमअनुसार सबै सरोकारवालाको सहभागितामा पारदर्शी रूपमा कार्यान्वयन गरिने बताए। उनका अनुसार कार्यक्रम कर्णाली प्रदेश सरकारको कार्यविधिअनुसार निरन्तरता दिइनेछ र कार्यान्वयनका क्रममा प्रहरीसँग आवश्यक समन्वय कायम रहनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:२०
बर्दिबास। सामाजिक सञ्जाल टिकटकमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो सार्वजनिक गर्ने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ...
जेष्ठ २० गते, २०८३ - १०:०८
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व द...
जेष्ठ २० गते, २०८३ - ०९:५०
नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा कैदीबन्दीबिच भएको विवाद र झडपपछि सुरक्षा अवस्था सामान्य बनाउन २० जना कैदीबन्दीलाई विभिन...
जेष्ठ १९ गते, २०८३ - १७:५२
नयाँ दिल्ली। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालय...
जेष्ठ १९ गते, २०८३ - १७:१९
काठमाडौँ। नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नंं ७ स्थायी वतन भएका ईश्वरीप्रसाद गौतमविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरु...
जेष्ठ १९ गते, २०८३ - १७:०३
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस...
जेष्ठ १९ गते, २०८३ - १६:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्...
जेष्ठ १९ गते, २०८३ - १६:४२
काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्ने भएको छ । श्रीलङ्कामा सोमबा...



प्रतिकृया लेख्नुहोस्: