गलकोट । बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका बागलुङेहरुले धवलागिरि अञ्चल अस्पताल बागलुङलाई ठूलो परिमाणमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । बिहीबार प्रवासी नेपालीको तर्फबाट धवलागिरि अञ्चल अस्पताल बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री सांसद डा सूर्य पाठक र गोविन्द सुवेदीलगायतले हस्तान्तरण गरे । हस्तान्तरणपछि बोल्दै सांसद पाठकले धवलागिरि अञ्चल अस्पताल गण्डकी प्रदेशको मात्र नभएर देशकै नमूना अस्पताल बनाउने अभियानमा रहेको र यसमा प्रवासी नेपालीको ठूलो हात रहने बताएका थिए ।
बागलुङबाट विभिन्न देशमा प्रतिनिधित्व गर्ने प्रवासी समाजले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने रु१२ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका हुन् । अस्पताललाई १०५ पिपिइ सेट, थर्मलगन, मञ्जा र मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो । बागलुङ समाज (जापान), बागलुङ सेवा समाज (कतार), बागलुङ समाज (स्पेन), बागलुङ समाज (पोर्तुगल), बागलुङ समाज (बेल्जियम), बागलुङ सेवा समाज (युएइ), बागलुङ समाज (कोरिया), बागलुङ समाज (क्यानडा), बागलुङ सेवा समाज (मलेशिया), बागलुङ युवा समाज (अष्ट्रेलिया) का साथै युएसए, बेलायत, जर्मनी, स्वीडेन, फ्रान्स, नर्वेलगायतका विभिन्न देशमा बस्ने बागलुङेहरुको सहयोगमा रु १० लाख ३१ हजाररको स्वास्थ्य सुरक्षा सामग्री धवलागिरि अस्पताललाई र बिहुँकोट समाज जापानले काठेखोला गाउँपालिकालाई रु एक लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको थियो ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले प्रवासी नेपालीहरुकै सहयोगमा झण्डै रु ७० हजार बराबरको सामग्री अस्पताललाई प्रदान गरिएको थियो । यसरी प्रवासीहरुले एकमुष्टरूपमा कोरोना रोकथामका लागि रु १२ लाख बराबरको सामग्री सहयोग गरेको धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिए ।
अभियानको समन्वय स्पेनमा बस्दै आएका पर्यटन सद्भावना दूत एवं एनआरएनए युरोपका निवर्तमान उपसंयोजक एकराज गिरी, बेलायतबाट सामाजिक अभियन्ता कृष्णप्रसाद शर्मा, कतार एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, जापानका सिद्धार्थ श्रेष्ठ र दक्षिण कोरियाका राम शर्माले गरेका थिए । यस्तै अभियानमा सूर्य हमाल र राज रेग्मीको विशेष सहयोग रहेको बताइएको छ ।
लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनका महासचिव पनि रहेका गिरीले राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सुझावअनुरुप आफूहरु सामाजिक काममा अगाडि बढिरहेको बताए । हस्तान्तरण कार्यक्रममा मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको समेत उपस्थिति थियो । विदेशबाट प्राप्त रकमको नेपालमा समन्वय गोविन्द सुवेदी (लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनका उपाध्यक्ष) ले गरेका हुन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: