Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

विदेशबाट फर्किएका युवा हातेट्र्याक्टर लिएर गाउँगाउँमा

स्याङ्जा । जाँगर हुनेलाई कामको खाँचो हुँदैन । वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवाले यसको चरितार्थ गरिदिएका छन् । मुलुकमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर चले पनि प्रायःयुवाहरु एकपटक वैदेशिक रोजगारीमा गएर आएपछि स्देशमै केही गरौँ भनेर लाग्ने गरेका प्रशस्तै उदाहरण देख्न पाइन्छ । त्यसैमध्येका युवा हुन् वालिङ नगरपालिका–१२ भञ्ज्याङ्का युवा । तीन युवा मिलेर अहिले सामूहिकरूपमा हातेट्र्याक्टर प्रयोगमा ल्याएक छन् । अहिले उनीहरुलाई गाउँमा सघाउन भ्याइनभ्याइ छ । गहुँ बाली थन्क्याइसकेर किसानले खाली गरेको खेतबारीमा मकै छर्न उनीहरु व्यस्त छन् ।

आजभोलि गाउँघरमा गोरु पाल्ने चलन कम हुँदै गएको र कृषिकार्यमा नयाँ–नयाँ प्रविधि भित्रिएपछि किसानको रोजाइ पनि यसमै पर्न थालेको छ । बिहान ७ बजे हातेट्र्याक्टर लिएर घरबाट निस्किएका युवा दिनभर काम गरेर साँझपखमात्रै घर फर्कन्छन् । सामूहिकरूपमा ट्र्याक्टर किनेर काम शुरु गरेका किसान न्यौपानेले भने विदेशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा बसेर काम गर्दा धेरै आनन्द हुनेरहेछ । न्यौपानेले भने, “पहिला म पनि रोजगारीका लागि विदेश गएको थिएँ । विदेशमा गएर काम गरेपछि बल्ल थाहा भयो कामको महत्व, आफ्नै गाउँघरमा परिवारसँगै बसेर काम गर्न पाइन्छ भने किन विदेश जानु भनेर तीन साथी मिलेर हातेट्र्याक्टर किनेर सिजनअनुसार खेतबारी जोत्ने काममा लागेका छौँ ।”

अर्का युवा बलराम न्यौपानेले विदेशमा जत्तिकै श्रम नेपालमा गरेको खण्डमा राम्रो आम्दानी लिन सकिने बताए । उनले भने, हामी तीन जना सल्लाह गरेर एउटा हातेट्र्याक्टर रु ७५ हजारमा किनेर चलाएका छौँ, यसले हामीलाई पनि रोजगारी मिलेको छ भने किसानले पनि सहजरूपमा खेतीपाती लगाउन पाएका छन् । न्यौपानेले भने, “अहिले गाउँघरमा जोत्नका लागि गोरु नपाएर समस्यामा परेका किसान खुशी भएका छन् ।” पहाडी जिल्लाको पाखोबारी र साँघुरा खेतबारीमा ठूलो खालको ट्र्याक्टर प्रयोग गर्न नमिल्ने ठाउँमा हातेट्र्याक्टरको प्रयोग गरेर काम गर्दा किसानलाई धेरै सहज भएको न्यौपानेको भनाइ छ । उनले भने, “प्रतिघण्टा रु ७५० का दरले लिने गरेका छौँ । यसो गर्दा किसानलाई पनि मर्का परेको छैन हामीलाई पनि ठिकै भएको छ । घर खर्च चलाउनका लागि कुनै समस्या छैन, सिजनअनुसार राम्रै आम्दानी हुने गरेको छ ।”

गाउँमा भिराला र स–साना खेतबारी हुने भएकाले काल्ला निकाल्न र झराल्न कठिनाइ हुने गरेको उनीहरुको अनुभव छ । पहिला ट्र्याक्टरको प्रयोग गर्दा महङ्गोजस्तो माने पनि पछि डल्डा ठोक्नु नपर्ने र छेउकुना खन्न नपर्ने भएकाले किसान यसको प्रयोगतर्फ आकर्षित हुँदै गएको उनीहरु बताउँछन्् ।

खेतबारीमा गहँु, तोरी लगाए किसानले मकै रोप्ने काम सकिसके पनि बाँझै रहेका खेतबारीमा भने हिउँदे पानी परेपछि अहिले किसान खेती लगाउन व्यस्त छन् । सानो खालको ट्र्याक्टर भएकाले बाँझोमा जोत्न कठिन भएकाले बाँझो रहेको जमिनमा पानी परेपछि जोत्ने काम भइरहेको बलराम न्यौपानेले बताए ।

हाते ट्र्याक्टरले जोतेको ठाउँमा छेउकुना खन्नु नपर्ने भएकाले सहज भएको स्थानीय सुशीला पराजुलीले बताए । उनले भने, “गाउँघरमा आजभोलि खेताला पाउन गाह्रो छ । ट्र्याक्टरले जोतेपछि अरु खेताला लगाएर डल्ला ठोक्ने र खन्नु नपर्ने भएकाले धेरै सहज भएको छ ।” किसानका लागि सरकारले कृषिका क्षेत्रमा प्रयोग हुने औजार एवं साधनलाई अनुदानमा दिने व्यवस्था मिलाएसँगै कृषि क्षेत्रमा आधुनिक औजार एवं औजारको प्रयोगतर्फ किसान आर्कषण हुन थालेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies