Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

श्रीलङ्कामा ९५ सैनिकमा कोरोना सङ्क्रमण पुष्टि

एजेन्सी । श्रीलङ्कामा सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ । नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले जानकारी गराएको छ ।

श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । उक्त भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको पनि मन्त्रालयले बताएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका बताइएको छ । नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले जानकारी गराएको छ ।

सैनिक कमाण्डर शवेन्द्र सिल्भाका अनुसार सङ्क्रमित सबै नौसैनिक वेलिसरा नौसैनिक शिविरका रहेका छन् । सरकार र सेनाले उक्त शिविर र वरपरका क्षेत्रलाई देशका ‘आइसोलेटेड जोन’ घोषणा गरिएको छ । सङ्क्रमित सैनिक भएको शिविरमा प्रवेश र त्यहाँबाट बाहिर जानमा पूर्णतया प्रतिबन्ध लगाइएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार श्रीलङ्कामा आइतबारसम्ममा कोरोनाभाइरस सङ्क्रमित १२० जना निको भएर घर फर्किएका छन् भने करिब ४०० जनाले देशका विभिन्न अस्पतालमा सघन उपचार कक्ष तथा एकान्तमा रहेर सेवा लिइरहेका छन् ।

रक्षा सचिव कमल गुणरत्नले आइतबार श्रीलङ्काका सैनिक अधिकारीहरूलाई विदामा बसेको भए तत्काल आफू कार्यरत शिविरमार्फत् सरकारलाई जानकारी गराउन निर्देशन दिएका छन् । श्रीलङ्कामा गत शुक्रबारदेखि कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि लगाइएको कफ्र्यू आदेश मङ्गलबारसम्म लागु हुनेछ । कफ्र्यूका बिषयमा अवस्था हेरेर त्यसपछिको लागि निर्णय लिइने सरकारले जनाएको छ ।

यहाँको सूचना विभागले कोभिड–१९ को सङ्क्रमण कम रहेका विभिन्न २१ जिल्लामा कफ्र्यू आदेशलाई मङ्गलबारदेखि खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई सुरू गर्ने जनाएको छ । तर कफ्र्यू आदेश कोलम्बो, गम्पाह, कलुतारा र पुट्टालममा भने मे ४ गतेसम्मका लागि लागू रहने सरकारले निर्णय गरिसकेको छ । श्रीलङ्काको राजधानी कोलम्बोमा अहिलेसम्म सबैभन्दा बढी सङ्क्रमित व्यक्ति भेटिएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending