पोखरा । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यालयहरु खुल्न सकेका छैनन् भने परीक्षा स्थगन छ । वार्षिक शैक्षिक क्यालेण्डर नै लागू नहुने यो स्थितिमा नेपाल शिक्षक महासङ्घको पहलमा कक्षा १० (एसइई) का विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले विद्यार्थी हेल्प डेस्कको स्थापना गरिएको छ । सातवटै प्रदेशमा मुख्य पाँच विषयका शिक्षक समावेश गरी गत चैत १३ गतेदेखि यो डेस्कबाट अनलाइन सहयोग भइरहेको छ । डेस्कले जिल्लामा विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी अनलाइन तालिम शुरु गरेको हो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीले शिक्षकका लागि समयसापेक्ष तालिमद्वारा प्रशिक्षित गर्न दैनिक पठनपाठन क्रियाकलापमा आवश्यक आधारभूत तालिमको सञ्चालन गरिरहेको छ । सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलका अनुसार गत चैत २२ गतेको जिल्ला समितिको अनलाइन बैठकको निर्णयअनुसार दैनिक बिहान ११ बजे अनलाइन तालिम सञ्चालन गरिएको हो । “फेसबुक मेसेन्जरमा पर्याप्त सहभागी हुन नसक्ने अवस्थालाई हेर्दै जुम एपबाट तालिम शुरु गरेका हौँ”, उनले भने, । तालिमको नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले उद्घाटन गरेका थिए ।
यस अवधिमा शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला, अध्यक्ष थापा, शिक्षा तथा मानव संशाधन विकास केन्द्रका महानिर्देशक डा तुलसीप्रसाद थपलिया, डा शेषकान्त पङ्गेनी, लक्ष्मण शर्मालगायतका विज्ञबाट तालिमको सहजीकरण गरिएको छ । तालिमप्रतिको आकर्षण बढिरहेको जनाउँदै सङ्गठनका जिल्ला सचिव तीर्थराज ढकालले तालिम अवधिकै बीचमा गत चैत २९ गते सङ्गठनको ४१औँ स्थापना दिवस रर यही वैशाख १ गते नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदानसमेत अनलाइन प्रविधिकै उपयोगबाट गरिएको छ ।
अध्यक्ष पौडेलले समापनका अवसरमा ‘महामारीका अवस्थामा शिक्षा’ विषयमा शिक्षकका पेशागत सङ्गठन, शिक्षाविद्, नेपाल सरकारका प्रतिनिधि, अभिभावकका प्रतिनिधि तथा विद्यार्थी प्रतिनिधिसमेतको उपस्थितिमा समूहगत छलफल गरी प्राप्त सुझाव नेपाल सरकारलाई बुझाइने बताए ।
अनलाइन तालिमको प्रभावकारिता बढ्दै गएको अवस्थामा जिल्लामा अन्य पेशागत सङ्गठनहरूले पनि अनलाइन प्रशिक्षण थालेका छन् । शिक्षक सङ्गठन कास्कीको सूचना तथा प्रविधि विभागको पहलमा गुगल क्लास पनि सञ्चालनमा गरिएको छ । आम शिक्षकलाई प्रविधिमैत्री बनाइ कोरोना महामारीकै अवस्थामा पनि भर्चुअल कक्षामार्फत सिकाइ क्रियाकलाप सञ्चालन गर्ने योजना रहेको विभागका संयोजक दामोदर तिमिल्सिनाले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: