सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा छ महिनादेखि फरार तीन जनालाई बुधबार पक्राउ गरेको हो । गत २०७६ असोज १३ गते विभिन्न प्रलोभन देखाई बा५च ३८४९ नंको बलेरोमा राखी धुलिखेलबाट बनेपा नगरपालिका–६ स्थित काभ्रे क्याम्पसभन्दा माथिको जङ्गलमा लगि गाडीभित्र नै जबर्जस्ती करणी गरेको आरोपमा असोज १६ गते जाहेरी परेको र १७ गते नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिई प्रहरीले खोजतलास शुरु गरेको थियो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेँसी स्थायी घर भइ हाल बनेपा नगरपालिका–१० थापागाउँ बस्ने १९ वर्षीय सविन गौतम, पनौती नगरपालिका– ५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ शेरा स्थायी घर भइ हाल बनेपा नगरपालिका–१० डेरा गरी बस्ने १९ वर्षीय सविन दुलाल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले प्रयोग गरेको गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसूरअन्तर्गत जबर्जस्ती करणीअन्तर्गत कारवाही हुने प्रहरी नायब उपरीक्षक थापाले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: