Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

राहत वितरणमा पक्षपातपूर्ण व्यवहारले परिस्थिति झन् जटिल र गम्भीर बन्यो : कांग्रेस

कास्की । नेपाली काँग्रेस कास्कीले राहत वितरणमा पूर्वाग्रह भएको आरोप लगाएको छ । पार्टीका जिल्ला सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, नगरसभापति, जिल्लाका प्रदेशसभा सदस्यसहितको उपस्थितिमा बुधबार सम्पन्न विशेष बैठकपछि जारी विज्ञप्तिमा एकद्वार प्रणालीका नाममा गरिएको राहत वितरण विभेदकारी भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

बैठकले कोरोना सङ्क्रमणपछिको अवस्था विश्लेषण गर्दै चार वटा निर्णय गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । लक्षित वर्गसम्म यथोचितरूपमा पुग्न नसकेको राहत वितरणको प्रभावकारी अनुगमन आवश्यक देखिएको भन्दै काँग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको पक्षपातपूर्ण व्यवहारले परिस्थिति झन् जटिल र गम्भीर बनेको उल्लेख गरेको छ ।

राजनीतिक दल र नागरिक समाजको समसहभागितामा राहत वितरण कार्यलाई अघि बढाउन काँग्रेसले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । जननिर्वाचित प्रदेशसभा सदस्य विन्दुकुमार थापाले जनताप्रतिको उत्तरदायित्व वहन गर्दै पोखरा–२१ लगायतका वडामा राहतबाट वञ्चित विपन्न नागरिकलाई राहत वितरण गर्दा स्थानीय जनप्रतिनिधि र प्रशासनले अवरोध गरेको भन्दै बैठकले त्यसप्रति पनि खेद प्रकट गरेको बताए । जननिर्वाचित प्रतिनिधि व्यक्ति मात्र नभएर संस्था पनि भएकाले राहत वितरण गर्दा उल्टै कारवाहीको माग गर्नु आपत्तिजनक र निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending