Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

प्रधानमन्त्रीको निर्देशनपछि घर जान चाहनेलाई पठाउन थालियो

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षितरुपमा व्यवस्थापन गर्न निर्देशन दिएसँगै कास्कीमा अलपत्र मजदुरको उद्धार शुरु भएको छ ।

पोखरा महानगरपालिका तथा अन्य सङ्घसंस्थाले घर जान नपाएर अलपत्र नागरिकलाई सहजरूपमा घरसम्म पु¥याउन शुरु गरेका हुन् । कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले गाडी नचल्दा घर जान नपाएका मजदुरलाई पोखरामा वडाले समन्वय गरेर गन्तव्यसम्म पु¥याउन शुरु गरेको छ । महानगरको वडा नं १६, ११ र वडा नं १९ को समन्वयमा बुधबार साँझ रोल्पा र दाङका २१५ मजदुरलाई पोखराबाट पाँच वटा बसमा उनीहरुको घरतर्फ पठाइएको हो ।

रोल्पाका १७५ जनालाई चार बसमा लिवाङसम्म र दाङका ४० जनालाई सदरमुकामसम्म पु¥याउने व्यवस्था गरिएको वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकार तथा महानगरका विभिन्न पूर्वाधार निर्माणका आयोजनामा खटिएका मजदुरहरुलाई घर पठाइएको हो ।

त्यसैगरी साँझ ७ बजे पोखराबाट दाङका लागि ४० मजदुरलाई गाडीको व्यवस्था गरी पठाइएको छ । मङ्गलबार नेपालगञ्जका लागि १९ र कोहलपुरसम्म १३ जनालाई जाने व्यवस्था गरिएको थियो । लकडाउनका कारणले काम गर्दै आएको ठाउँमा सामलको अभाव भएपछि मजदुर घर जान कष्टकर यात्रा शुरु गरेपछि सरकारले उनीहरुको उद्धार गरी सहजरूपमा घर पु¥याउने निर्णय गरेको थियो ।

लकडाउनकै अवधिमा यसअघि चैत १७ गतेसम्म जिल्ला प्रशासन कार्यालयको समन्वयमा तीन हजार २०० हाराहारीमा मजदुरको निर्माण व्यवसायीले साइटबाट उद्धार गरी घर पठाएको नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले बताए । दोस्रोपटक थप गरिएको लकडाउनपछि प्रशासनले पास वितरणमा कडाइ गरेपछि मजदुरको उद्धार हुन सकेको थिएन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending