Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

'मेरि आमा' कविता

मेरि आमालाई बिहे गरेर म जन्मेसी मेरा बा,
उहाँको आमा बाबा बाट छुट्टिनु परेको रे !
कतै मेरि आमाले मेरा बा लाई फाकाई फुल्याई,
मेरा बा र बाको आमा बाबाको बिछोड त गराईनन ?
कस्तो बदमास मेरि आमा ?
अर्काको छोरालाई टपक्क छुट्याएर,
म पुन्टे च्यापेर,
हजुर बुबाले अंसमा बाडी दिएको शिरु नफुल्ने पाखो फोर्ने आँट गरिन।
बालाई काल्ला लगाउन लगाईन।
कसिन पटुकिले पेटा अनि लागिन बाँझो फोर्न !

बिचरा बा लुरुलुरु आमाले भनेको मान्नु भयो,
पौरख नै यहि रहेछ भनी ठान्नु भयो,
काडनु भयो पाँच सय ऋण,
बोलाउनु भयो मनकारी कर्मी
फोर्नु भयो चिप्ली खेल्ने ढुङ्गा,
बोक्नु भयो पैरे खोलाको उत्तिसको लाथ्रो,
मुछ्नु भयो चिम्टे माटोको हिलो,
ऋणमै सहि ठडियो हाम्रो सानो झुपडी !
म कत्ती खुसीरु बाबा आमा झन कत्ती कत्ती।
हजुर बा हजुर आमा मनमनै भन्छन,
केटा केटिले अब गरि खान्छन कि ?

मावल बाट हजुरबा आउनु भो,
हर्षले गदगद हुँदै आगनमा उभेर घरको छानो हेर्नू भो।
उहाँले त्याहा हाम्रो घरसमात्र घर देख्नु भएन।
देख्नु भयो छोरीको पहिलो पौरख ,
देख्नु भयो ज्वाँईको सानो संसार,
अनि देख्नु भयो म पुन्टेको भविष्य ।
अनि पिचिक्क हर्षको आँसु बगाउदै,
मनमनै भन्नू भयो अब छोरिको घरवार भयो।

यता ऋण लाग्या छ, पन्ध्र-छ्प्के काड्याछ !
बा ब्याबाहारमा नफसेको अल्लारे केटो,
सुको आम्दानी हुने छैन बाटो ,
चार वटा चल्ला आमाले खेताला गर ल्याएकी,
एउटा त मैले खेलाउदै मारिदिए निचोरिे,
न त एक दाना कुखुराको डिम्मा बेच्नु छ,
न त एक माना अन्नको गेडो जगेडा छ !
आमा हिम्मत हार्दिनन, ढाडस दिदै बालाई भन्छिन,
\'हामी भगवानले खोपेका ओखल हौं,
भोक भोकै कहिल्यै मर्दैनौ\' !

समयले ठगेको मेरो बा आमाको पुस्ता।
आउ जाउ नौं दिनको कटारीको यात्रा।
आउ जाउ आठ दिनको नाम्चेको यात्रा।
आमा बिहान चार बजे उठछीन,
बाको बाटोको सामल खाजा पोको पन्तुरो कस्छिन।
मुलाको भुजुरी उमाल्छिन, च्याख्लाको भात फत्काउछिन।
हामिलाई खुवाउछीन।
अनि बालाई साईतका घडा निकाल्छिन।
देउरालिमा चडाउने फुल ढाकरको काम्रोमा सिउरन्छिन।
भन्छिन परदेशिको रक्ष गरे है देबि देउराली !

दिनभरको थकान, कत्ती पनि झिजो नमानी।
बेलुकी खाना पकाउछिन, पस्किन्छिन,खुवाउछिन, जुठो लोटाउछिन
अनि तीन धार्निको जाँतो घुमाउछिन।
जाँतोकै छेउमा पिरा ओछ्याएर म होमवर्क गर्न बस्छु,
मलाई हिसाब किताब आउदैन,
म सोध्छु क नपढेकि मेरि आमालाई,
आठमा नौ जोडदा कत्ती हुन्छ आमा ?
उनी औला नभाची उत्तर दिन्छिन \'सत्र\'।
सायद बा को कटारी र नाम्चे यात्राको,
दिन गन्तीको जम्मा हिसाब किताब हुँदो हो,
नौं दिन कटारी, आठ दिन नाम्चे बराबर \'सत्र\'।
हातो खुस्किन्छ, फेरि ठोक्छिन घुमाउछिन, मकैको च्याख्ला खस्रो आयो,
कत्ती झिजो नमानी दोहोर्याएर पिन्छिन, सामल उठाउछिन,
छिन्किन्छिन, पिठो एक पट्टि च्याख्ला अर्को पट्टीको डालोमा ।
अब त काम सकियो भन्ने मनमा लाग्दो हो !
सानो भाइ ओछ्यान बाटै चिच्याउछ आमा आची आयो !
आगनको डिलमा आची गराउछिन, भित्र हुल्छिन ।
मोरोलाई चिसो लागेछ भन्ठानी आगो फुकेर सेकि दिन्छिन।
कान्छो सुत्यो, माईलोलाई सु आयो !
अब त सप्पै काम सकियो, रातको एक बज्यो।
खै,अलिकती बाबाको याद पो आयोकी ?
सुस्केरा हाल्छिन, भन्छिन,
हे भगवान परदेशिलाई कस्तो छ नि ?
अझै उनलाई निन्द्रा छैन न त थकाई !
किनकी उनी आमा हुन !

समय बित्यो, म जवान, अब त अझ प्रौढ भएं।
कैले काहिँ लाग्छ मेरो आमा अलि खत्तम छिन !
किनकी मलाई जैले सानै देख्छिन।
म पनि कसैको छोरी लिएर उहाँसंग छुट्टिएको छु।
भन्दिनन कहिल्यै बल्ल बाक्लो दाल खाईस मोरा भनेर।
बुझेकी छिन उनले सृष्टिको नियम।
भन्छिन सधै कुलो उधै बग्छ ।
सधैं सोध्छिन, के खाईस बाबू, सन्चै छस नि ?
मलाई रुघा लागोस,बोली बाट थाहा पाउछिन।
म समस्याम गुज्रिएको हुँ, \'सपनामा निन्याउरो देखे\' भनी बिहानै फोन गर्छिन।
जति चोटि घर बाट परदेस निस्कन्छु उति चोटि खर्च दिन्छिन।
मेरो लागि त्यो खर्च मात्र खर्च नभएर,
परदेशको दुस्खमा लडने उर्जा बन्ने गर्छ।
उनी मेरो मनको, मेरो जीवनको सप्पै कुरा बुझ्छिन।
किनकी उनी मेरि आमा हुन !

बा पाको हुनु भो, केश फुली सक्यो,
दांत झर्न थाल्यो।
आमा बाको केश झरेको थाप्लो सुमसुम्याउदै गर्व गर्छिन।
भन्छिन, यो थाप्लोले धेरै दुस्खको भारी उठायो।
मैले पनि भोट मधेसको बाटो हिडदा चिने,
मेरो बा संगै अरु हजारौं बाहरु हिडेको बाटो।
अनि केही अनुभूति गरे,
फाटेको टोपी र खाली खुट्ट्ले हिडेर,
दर्जन कुखुरा, दर्जनौ कुचाको मुठा, बीस पाथी कोदोको भारीको भार,
त्यो भारी नाम्चेमा बेचेर कमाएको केही नाफा।
अनि तेहि नाफामा किनेको कापी र किताबको मूल्य !

समय फेरियो, ढाकर र टेकुवा बिरलै देखिन्छ्न !
तर आजकाल मेरि आमाले अलि चित्त दुखाएकी छन।
म संग हैन, देश बनाउने ठेक्का लिएका ठेकेदार संग।
भन्छिन, भलै त नेता भैनस भनेर।
सम्झन्छिन झल झली,
खाली खुट्टा र फाटेको टोपिमा बाले कामाएको,
त्यो दश रुपैयाँ नाफा।
अनि त्यही नाफामा बा आमाले देखेको सन्तानको उज्ज्वल भविस्यको सपना ।
हजारौ बा हरुको सपनाहरु खाडिमा सन्तानको पसिना बनेर बग्यो।
मैले नजानेको हिसाब नौं मा आठको जोड सत्र,
बाको भोट मधेस यात्राको जम्मा जम्मी दिन,
उनलाई लाग्दो रैछ यो हिसाब सत्र बाट सत्र हजार पुग्यो।
भलै त्यसमा म परिन छु।
आगत क्रान्तिको नाउँमा कसो मरिन छु !
ए देश बनाउने ठेकेदार हो,कान खोलेर सुन है !
भलै उनले चित्त मात्र दुखाएकी छ्न।
अझै तिम्लाई मेरि आमाले खरानी फुकेर सरापेकी छैनन।
उनी बुझ्छिन तिमिहरु पनि कसैको छोरानै हौ !
हत्त पत्त कसैलाई सरापेकि छैनन,
सुध्रेउला भन्ने आश अझै मारेकी छैनन।
किनकी उनी मेरि आमा हुन।
उनी मेरि ज्युदो भगवान हुन !

तुलसीराम पुरी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending