नयाँ दिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा लकडाउन लगाइएको बेला तीन व्यक्तिलाई कुटीकुटी हत्या गरेको आरोपमा १०० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ।
गत बिहीवार पालघर जिल्लामा उक्त घटना भएको थियो। भिडले ती तीन जनालाई साङ्घातिक आक्रमण गरेको दृश्य देखिने एउटा भिडिओ आइतवार भाइरल भएको थियो।
एउटा कारमा चढेर अन्तिम संस्कारमा सहभागी हुन जान लागेका ती तीन जनालाई अपहरणकारी भएको आशङ्कामा भिडले बाहिर निकालेर आक्रमण गरेको थियो।
बीबीसी हिन्दीका अनुसार पक्राउ पर्ने ११० जनामध्ये नौ जना नाबालिग छन्।
कोरोनाभाइरस नियन्त्रण गर्ने प्रयासस्वरूप भारतमा मार्च २५ देखि लकडाउन लगाइएको छ।
को हुन् मृतक ?
मृत्यु हुनेमा ३५ र ७० वर्षका दुई साधु र तिनका ३० वर्षीय सवारीचालक हुन्।
भिडिओमा प्रहरीले जोगाउने प्रयास गर्दागर्दै पनि आक्रामक भिडले तिनलाई कुटपिट गरेको देखिन्छ। भिडले ती तीन व्यक्ति बालबालिका अपहरण गर्न आएको शङ्का गरेको बताइन्छ।
बालबालिका अपहरणसम्बन्धी अफवाहका कारण भारतमा बारम्बार यस्ता घटनाहरू भएका छन्।
महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दोषीलाई कडा कारबाही हुने बताए।
पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले राज्यमा सरकारको नियन्त्रण नभएको देखिएको टिप्पणी गरेका छन्।
के भन्छन् गृहमन्त्री ?
विभिन्न धार्मिक समूहले पनि साधुहरूको हत्या भएकोमा आलोचना गरेका छन्।
उनीहरूले राज्यमा लकडाउन कार्यान्वयनको पक्षमा प्रश्न उठाएका छन्।
महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उक्त घटनामा कुनै साम्प्रदायिक उद्देश्य नभएको दाबी गरेका छन्।उनका अनुसार आक्रमणकारी र पीडित सबै एउटै धर्मका अनुयायी हुन्।
सामाजिक सञ्जालमा धार्मिक कारणले उक्त घटना भएको दाबीसहित उत्तेजना फैलाउन थालिएपछि उनले स्पष्टीकरण दिएका हुन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: