Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

राष्ट्रपति कार्यालयका दर्जनौँ ‘कर्मचारी कोरोना सङ्क्रमित’

एजेन्सी । अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको विवरणहरूमा जनाइएको छ।

यसअघि २० जनामा सङ्क्रमण देखिएको बताइए पनि आइतवार द न्यूयोर्क टाइम्सले सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको जनाएको छ।

अफगानिस्तानको सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। र, स्वयं राष्ट्रपति असरफ गनीमा पनि सङ्क्रमण देखिएको छ वा छैन भन्ने कुनै खबर छैन।

बैठकको अध्यक्षता

सतरी वर्षीय राष्ट्रपति गनीले सन् १९९० को दशकमा क्यान्सरका कारण आफ्नो पेटका केही भाग गुमाएका खबरहरू आएका थिए।

\'कोरोनाभाइरसबाट राष्ट्रपति कार्यालयमा २० जना सङ्क्रमित भएका छन्। यद्यपि, मानिसहरू नआत्तिऊन् भन्ने सुनिश्चित गर्न यसलाई बाहिर नल्याइएको हो,\' एक सरकारी अधिकारीले शनिवार एएफपी समाचार संस्थालाई भने।

राष्ट्रपति कार्यालयले बिहीवार गरेको एउटा ट्वीटमा राष्ट्रपति गनीले भिडिओ लिङ्कमार्फत मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेको देखिन्छ।

तर त्यसयता उक्त ट्वीटर खातामा राष्ट्रपतिले इरानी अधिकारीहरूसँग दूरीमा बसेर बैठकहरू गरेका तस्बिरहरू राखिएका छन्। अफगानिस्तान सरकारले शनिवार दिएको तथ्याङ्क अनुसार त्यहाँ ९३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ।

सङ्क्रमित हुनेको सङ्ख्या कम देखिए पनि दशकौँ लामो द्वन्द्वका कारण अफगानिस्तानको स्वास्थ्य सेवा एकदमै कमजोर छ र उनीहरूसँग परीक्षण गर्ने साधन पनि सीमित मात्रै छ।

तर अफगानिस्तानमा कोरोनाभाइरसको सङ्क्रमण निकै धेरै भएको आशङ्काहरू व्यक्त गरिएका छन्।

मार्च महिनामा डेढ लाखभन्दा बढी अफगानहरू कोरोनाभाइरसबाट निकै प्रभावित बनेको इरानबाट स्वदेश फर्किएका थिए।

त्यस्तै दशौँ हजार मानिस पाकिस्तानबाट पनि फर्किएका थिए।

दक्षिण एशियाको अवस्था

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलसम्म विश्वभरि २४ लाख २,७९८ सङ्क्रमित भएका छन् भने एक लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार अहिलेसम्म अफगानिस्तानमा सङ्क्रमित हुनेको सङ्ख्या ९९६ छ भने ३३ जनाको मृत्यु भएको छ।

दक्षिण एशियाका देशमध्ये भारत, पाकिस्तान र बाङ्ग्लादेशपछि सङ्क्रमित हुनेको सङ्ख्या अफगानिस्तानमा धेरै रहेको छ।

अफगानिस्तानपछि श्रीलङ्कामा सङ्क्रमित हुनेको सङ्ख्या २७१ छ भने त्यहाँ अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।

माल्दिभ्स, नेपाल अनि भुटानमा सङ्क्रमित हुनेको सङ्ख्या ५२, ३१ र ५ रहे पनि यी देशमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending