कैलाली । कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पारेका छन् । सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा करिब एक हप्तादेखि चौधरीले फार्ममा रहेका करिब ५०० कुखुरालाई घाँसको दाना बनाएर खुवाउँदै आएका छन्। चौधरी मात्र होइन, यहाँका अन्य कुखुरा व्यवसायीले पनि उनकै सिको गर्न थालेका छन् ।
चैतेदशैँ र नयाँ वर्ष लक्षित गरी कुखुरा फार्म शुरु गरेका कुखुरापालक किसानले बजारमा दाना नहुँदा घाँस खुवाएर कुखुरा पालिरहेका छन् । ठाकुरले पनि माघ महिनामा ८०० कुखुराका चल्ला फार्ममा हालेको बताउँदै फार्ममा भएका कुखुरा ६० दिनभन्दा बढीको भइसकेको बताए । ४५ दिनभित्र कुखुरा उठाइसक्नुपर्ने भए पनि लकडाउनका कारण हालसम्म ५० कुखुरा बिक्री नभएको उनले बताए ।
‘साहुसँग कुखुराका लागि दाना मगाउँदा दाना छैन भन्ने प्रतिक्रिया आउँछ । दैनिक कम्तीमा एक क्विन्टल दाना चाहिन्छ’ चौधरीले भने, ‘हप्तामै एक क्विन्टल दाना पाउन सकिएको छैन, मेहेनतको फल प्राप्त गर्ने बेला हाम्रो बेजोग भयो । आजसम्म बारीमा घाँस भएका कारण बल्लतल्ल घाँस खुवाएर कुखुरालाई बचाएको छु ।’ बजारमा दाना पाउन छोडेपछि चौधरीले पाँच केजी दाना, २० केजी घाँस र ५ केजी चामलको भुस मिलाएर कुखुरालाई दिने गरेको बताए ।
त्यस्तै, सोही ठाउँका मङ्गल चौधरीका एक हजार कुखुरा फार्ममा छन् । लकडाउनका कारण कुखुरा बजारमा नजाँदा २०० भन्दा बढी कुखुरा मरिसकेको मङ्गलले बताए । उनले लघुवित्तबाट ऋण लिएर कुखुरा व्यवसाय सञ्चालन गरेको बताउँदै यस्तै अवस्था रहे आफ्नो रु आठ लाख डुब्ने खतरा आएको बताए । उनले प्रत्येक महिना लघुवित्तको किस्ता तिर्नुपर्ने भएको उल्लेख गर्दै लकडाउनका कारण समूह नबसेकाले मात्र आफूलाई केही सहज भएको तर समूह बस्दा पैसा कहाँबाट जोहो गर्ने चिन्ता बढ्दै गएको बताए ।
कुखुरा व्यवसाय गर्दै १८ जनाको परिवार धान्दै आएका जानकी गाउँपालिका–७ का उत्तम चौधरीको बिलौना पनि यस्तै छ । फार्ममा उत्पादन भई बजारका लागि तयार भएको कुखुरा लकडाउनका कारण फार्ममै रहँदा परिवारलाई साँझ–बिहानको जोहो गर्न समस्या हुँदै आएको उनले बताए ।
हाल टीकापुर नगरपालिकाभित्र पाँचा पोल्ट्री सप्लायर्स छन् । सप्लायर्सले आफैँ लगानी गरी व्यवसायीलाई कुखुरा पाल्ने व्यवस्था गरेको भए पनि बजारमा मासु खपत नहुँदा समस्या हुँदै आएको नयन पोल्ट्री एण्ड फिड सप्लायर्सका सञ्चालक दिलीप बुढाले बताए ।
सप्लायर्सका सञ्चालक बुढाले कुखुराको दानाका लागि कम्पनीले नगदमा मात्र कारोवार गर्न थालेपछि आफूहरुसँग भएको लगानी नउठ्दा दाना आयात गर्न सक्ने अवस्थासमेत नरहेको बताए । ‘कुखुरा व्यवसायीलाई राज्यले केही छुट दिन आवश्यक छ । अहिले पोल्ट्री व्यवसायीहरु दिनप्रतिदिन धरासायी बन्दै आएका छन्’ उनले भने । ‘यही अवस्था रहे पोल्ट्री व्यवसायी रोडमा आउनुपर्ने अवस्था देखिएको छ । कहीँकतैबाट पनि हामीलाई सहज गर्ने बाटो पाइएको छैन ।’
उनले तत्काल केही व्यवसायीसँग बारीमा घाँस भएका कारण त्यसलाई दाना बनाएर कुखुरालाई बचाउने काम गर्दै आएको भए पनि त्यो उपाय पनि दीर्घकालीन नहुने र घाँस सबै व्यवसायीसँग नभएको बताएका छन् । रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: