Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित एक अध्ययनले देखाएको छ। कोरोना पुनः संक्रमण सम्भावनासम्बन्धी डेनमार्कमा भएको एक बृहत् अध्ययनले शून्य दशमलब ६५ प्रतिशतमा मात्र दोस्रोपटक पिसिआर परीक्षण पोजेटिभ देखाएको छ।

आजको नागरिक दैनिकमा खबर छ - अध्ययनले ६५ वर्ष उमेरभन्दा कम उमेरका मानिस भाइरसबाट ८० प्रतिशतले सुरक्षित हुने तर ६५ वर्ष उमेरमाथिका ४७ प्रतिशत मात्र सुरक्षित रहने देखाएको छ।

डेनमार्कको स्टेटन्स सेरम इन्स्टिच्युट, कोपेनहेगन विश्वविद्यालय र स्विडेनमा रहेको युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले गरेको उक्त अध्ययनले संक्रमण भएको ६ महिनापछि सुरक्षाको स्तर घट्ने प्रमाण नभेटिएको देखाएको छ। अध्ययन नतिजाले वृद्धहरूलाई भाइरसबाट बढी सुरक्षित गर्न यसअघि अवलम्बन गरिएका रणनीतिलाई सही प्रमाणित गरेको मेडिकल जर्नल ल्यान्सेटले जनाएको छ।

‘यो अध्ययनले भाइरसबाट संक्रमित भइसकेका वृद्धहरूले खोप लगाउनुपर्ने देखाएको छ,’ उक्त जर्नलद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ। यसअघि भएका अध्ययनले पनि संक्रमित भइसकेकाहरू कम्तीमा ६ महिनासम्म सुरक्षित रहने देखाएका थिए तर यो अध्ययनले सुरक्षाको समग्र स्तर राम्रो रहेको र यो सुरक्षा उमेर समूहअनुसार फरकफरक हुने देखाएको छ। अध्ययन नतिजालाई प्रकाश पार्दै स्टेटन्स सेरम इन्स्टिच्युटका डा। स्टिन इथेलबर्गले यो अध्ययनले पुनः संक्रमण दरसम्बन्धी यसअघि भएका अध्ययनको नजितालाई पुष्टि गरेको बताए।

‘हाम्रो अध्ययनले युवा तथा स्वस्थ मानिसमा पुन संक्रमणको सम्भावना विरलै रहने देखाएको छ तर वृद्धहरूमा यो जोखिम अत्यधिक देखिएको छ। वृद्धमा भाइरसको लक्षण पनि देखिने र मृत्युको सम्भावना पनि अत्यधिक हुँदा यो अध्ययनले त्यो समूहको सुरक्षाका लागि नीतिगत व्यवस्था गर्नुपर्ने देखाएको छ’, उनले भने।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending