काठमाडौं । समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र कांग्रेस नेता प्रदिप गिरिलगायतले कोरोना महामारीविरुद्व लड्न अभियान निर्माण गरेकोप्रति पर्यटनमन्त्री योगेश भट्टराईले आपत्ति जनाएका छन् । उनले कोरोनाविरुद्व सरकारले सञ्चालन गरेको अभियानलाई दिग्भ्रमीत बनाउन मोर्चा बनाइएको भन्दै आपत्ति जनाएका हुन् ।
मन्त्री भट्टराईले कोरोनाविरुद्वको लडाईं सरकारी कार्बाहीको वरिपरि नै केन्द्रित हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराई र गिरिले निर्माण गरेको अभियानप्रति टिप्पणी गर्दै उनले बेग्लै मोर्चा बनाउनु आफैंलाई सत्यानाश गर्नु मात्रै भएको ठोकुवा गरेका छन् ।
‘कोभिड–१९लाई परास्त गर्न राज्य (सरकार)को मोर्चाबाट मात्र सम्भब छ, सबैका सकारात्मक प्रयत्नहरु सरकारी कार्बाहीकै वरीपरी केन्द्रित हुनुपर्दछ’, सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘अर्को मोर्चा बनाएर लडाईंलाई दिग्भ्रमीत गर्नु आँफैलाई सत्यानास गर्नु हो, होस् पुर्याउँ, अनुभबबाट कमजोरीहरु सच्चिँदै जानेछन ।’
शनिबार पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराई र कांग्रेस नेता प्रदिप गिरिलगायतले कोरोना महाव्याधीविरुद्व लड्न भन्दै छुट्टै अभियानको घोषणा गरेका थिए । ‘कोरोना महाव्याधीविरुद्व सार्वजनिक पहल, नेपाल’ नाम दिइएको उक्त अभियानमा १७ जना सदस्य छन् ।
अभियानले सरकारको पहललाई सहयोग र निगरानी गर्दै संक्रमितलाई उपचारमा सहयोग गर्ने लक्ष्य लिएको छ । जसको लागि केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म संयोजनक समितिहरु निर्माण गरेर अभियान चलाउने बताइएकाे छ ।
के हाे अभियान ? काे–काे छन् अभियानमा ?
प्रतिकृया लेख्नुहोस्: