ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको साउन ४ गतेको निर्णयअनुसार गणतन्त्र कोरियामा रोजगारका लागि योग्य नेपाली कामदार छनोट गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको शाखाले जनाएको छ।
शाखाले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकै आधारमा कोरियामा रोजगारी सुनिश्चित नहुने स्पष्ट गरेको छ। भाषा परीक्षा केवल पहिलो चरणको छनोट प्रक्रिया भएको र अन्तिम छनोट सम्बन्धित प्रक्रिया पूरा गरेपछि मात्र हुने जनाइएको छ।
सूचनाअनुसार आवेदन सङ्कलन प्रक्रिया पूरा भई आवेदक सङ्ख्या निर्धारण भएपछि परीक्षाको मिति र तालिका कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ। आवश्यकता अनुसार एक दिनमा पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न सकिने तथा आवेदक सङ्ख्या वा अन्य कारणले परीक्षा तालिकामा फेरबदल हुन सक्ने पनि उल्लेख गरिएको छ।
ईपीएस कोरिया शाखाका अनुसार यस चरणमा प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत करिब सात हजार दुई जना भाषा परीक्षामा उत्तीर्ण हुने अनुमान गरिएको छ। पहिलो चरणको उत्तीर्ण सङ्ख्या एचआरडी कोरिया र ईपीएस सेन्टर ले निर्धारण गरेको कटअफका आधारमा तय गरिनेछ।
शाखाले कोरियामा कामदारको मागअनुसार आवश्यक परे उत्तीर्ण हुने सङ्ख्या थप हुन सक्ने जनाएको छ। साथै, आवेदन तथा परीक्षासम्बन्धी विस्तृत कार्यविधि र सूचना ईपीएस कोरिया शाखाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने जानकारी दिएको छ।
शाखाले सार्वजनिक गरेको सूचनाअनुसार उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रमा सबैभन्दा बढी पाँच हजार जना उत्तीर्ण गराइनेछ। यस्तै कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार, सेवा क्षेत्रमा एक सय र वन क्षेत्रमा एक सय जना उत्तीर्ण हुने अनुमान गरिएको छ।
सूचनाअनुसार एक व्यक्तिले एकवटा क्षेत्रमा मात्र आवेदन दिन पाउनेछन्। पहिलो चरणको भाषा परीक्षा उत्तीर्ण गरेपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ।
पहिलो चरणको भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीले दोस्रो चरणको सीप परीक्षण (स्किल टेस्ट) र कार्यक्षमता मूल्याङ्कन (जब क्यापासिटी एसेसमेन्ट)मा समेत सहभागी भई उत्तीर्ण भएपछि मात्रै अन्तिम छनोटमा पर्न सक्नेछन्।
उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा र वन क्षेत्रतर्फ आवेदन दिने उम्मेदवारले आवेदन फाराम भर्दा सम्बन्धित क्षेत्रभित्रका उपक्षेत्रमध्ये एक उपक्षेत्र अनिवार्य रूपमा छनोट गर्नुपर्ने शाखाले जनाएको छ।
आवेदनका लागि नेपाली नागरिक हुनुपर्ने तथा १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। अर्थात् सन् १९८६ जुलाई २८ देखि सन् २००८ जुलाई २७ बिच जन्मिएका नेपाली नागरिक आवेदन दिन योग्य हुनेछन्।
त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गैरकानुनी रूपमा बसोबास गरी फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको तथा कोरियाको ई–९ वा ई–१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी अवधि नबसेको हुनुपर्ने योग्यता तोकिएको छ।
ईपीएस कोरिया शाखाले कोरियामा कामदारको माग तथा एचआरडी कोरिया र ईपीएस सेन्टरले निर्धारण गर्ने कटअफका आधारमा अन्तिम उत्तीर्ण सङ्ख्या परिवर्तन हुन सक्ने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: