Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

श्रमजीवी पत्रकारलाई राहत प्याकेजमा समेट्न आग्रह

काठमाडाैं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकार र आमसञ्चार प्रतिष्ठानहरुलाई श्रमजीवी पत्रकारहरु जोखिमपूर्ण अवस्थामा पनि नागरिकलाई सुसूचित गर्ने जिम्मेवारीसहित कार्यस्थलमा रहेकाले उनीहरुलाई उचित राहत र पारिश्रमिक दिन माग गरेको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आमसञ्चारमाध्यमसँग सम्बन्धित विषय समावेश नभएकाले विशेष राहत प्याकेज तत्काल घोषणा आग्रह गरेका हुन् ।

“कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारको स्वास्थ्य सुरक्षालगायतका विषयमा सम्बन्धित आमसञ्चार प्रतिष्ठान थप गम्भीर बन्न र आवश्यक प्रबन्ध मिलाउन अनुरोध गर्दछु ।” अध्यक्ष अर्यालले जारी गरेको अपिलमा भनिएको छ, “यो संकटपूर्ण घडीमा कतिपय श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउँदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएकोले सम्बन्धित आमसन्चार प्रतिष्ठानका समस्याको समाधान गर्न आग्रह गरिन्छ ।”

उनले सरकारले सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखी सेवा उद्योगका रुपमा मान्यता दिई नवीकरण र कर छुट को व्यवस्था मिलाउन जरुरी रहेको भन्दै मोफसल र श्रमजीवीहरुले सञ्चालन गरेका स्वरोजगारमूलक र साना लगानीका मिडिया थप आर्थिक सङ्कटमा भएकाले उनीहरुलाई सहयोग गर्न पनि आग्रह गरे। अर्यालले महामारीको समयमा संवेदनशील बन्दै सत्य, तथ्य, सकारात्मक र जनतालाई त्रसित नबनाउने खालमा समाचार सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending