Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

खबरडबली संवाददाता

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आयोजित पत्रकार सम्मेलनमा यही चैत १३ र १४ मा धम्मयात्रा हुने र यात्रामा ५०० नवप्रव्रजित सामणेर तथा भिक्षुको सहभागिता रहने जानकारी दिइयो ।

अखिल नेपाल भिक्षु महासङ्घ र धम्मकाय फाउन्डेसनको सहयोगमा सञ्चालन हुने कार्यक्रममा थाइ धर्मदूत इन्डिया–नेपाल, बौद्ध समाज नेपालसहित करिब २० वटा संस्थाको सहकार्य रहने बौद्ध समाज नेपालका अध्यक्ष शङ्कर गाहाले जानकारी दिए ।

उनका अनुसार चैत १३ गते बिहान ७ः०० बजे देवदह र बुटवलबाट धम्मयात्रा सुरु हुनेछ । यात्रा देवदह बुद्ध विहारबाट सुरु भई पूर्वपश्चिम राजमार्ग हुँदै विभिन्न स्थान पार गर्दै सेमहानासम्म पुग्नेछ भने बुटवलमा उपमहानगरपालिका कार्यालय परिसरबाट सुरु भई अमरपथ, बिपी चोक हुँदै थकाली सेवा समाज भवनसम्म यात्रा गरिनेछ ।

सोही दिन अपराह्न ३ः०० बजे लुम्बिनीमा धम्मयात्रा आयोजना गरिनेछ । गेट नं ४ बाट सुरु हुने यात्रा बुद्ध जन्मस्थल क्षेत्र, शान्तिदीप हुँदै अन्तरराष्ट्रिय बौद्धसभा तथा ध्यान केन्द्रसम्म पुग्ने कार्यक्रम छ । चैत १४ गते भैरहवामा दिउँसो २ः०० बजे सिद्धार्थ रङ्गशालाबाट सुरु हुने धम्मयात्रा देवकोटा चोक र बुद्ध चोक हुँदै लुम्बिनी गेटमा पुगेर समापन हुनेछ । सोही स्थानमा अपराह्न ४ः०० बजे मुख्य कार्यक्रम आयोजना गरिनेछ ।

आयोजकका अनुसार गौतम बुद्धले बुद्धत्व प्राप्तिपछि राजगृहबाट २० हजार भिक्षुसहित कपिलवस्तुसम्म गरेको ऐतिहासिक पदयात्राको स्मरणमा धम्मयात्रा आयोजना गरिएको हो । उक्त पदयात्रालाई विश्वकै पहिलो आन्तरिक शान्ति पदयात्राका रूपमा समेत लिने गरिन्छ।

यसअघि लुम्बिनीमा सम्पन्न अल्पकालीन कुलपुत्र प्रव्रज्या कार्यक्रममा ५०० जनालाई प्रव्रज्या प्रदान गरिएको थियो । प्रव्रज्या ग्रहण गरेपछि सामणेर अर्थात् अल्पकालीन भिक्षु बन्ने गरेका छन् । भन्ते थावरका अनुसार सामणेर र भिक्षुले धम्मयात्रा गर्दा धर्मचक्षु पलाउने, करुणा र मैत्रीभाव विकास हुने विश्वास गरिएको छ।

अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर धारण गरी बुद्ध धर्मका १० वटा शील पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशील पालना गर्ने भए पनि सामणेरहरूले करिब २० दिनसम्म पूर्ण रूपमा अनुशासित जीवनशैली अपनाउनुपर्ने हुन्छ । पूर्ण भिक्षु बन्नका लागि भने २२७ नियम पालना गर्नुपर्ने व्यवस्था रहेको छ।

‘धम्म’ र ‘यात्रा’ शब्द मिलेर बनेको धम्मयात्राको अर्थ ‘कुशल कर्मतर्फ उन्मुख यात्रा’ भन्ने रहेको छ । यस्तो यात्राले धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा सहिष्णुता, समानता र अनुशासनको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । आयोजकहरूले यस कार्यक्रममार्फत बौद्ध धर्मको संरक्षण तथा प्रवर्द्धनका साथै धार्मिक पर्यटनमा समेत टेवा पुग्ने विश्वास गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीमा गोली प्रहारसहित डाँका, दुई जना घाइते

महोत्तरी । महोत्तरीमा डाँका समूहले गोली प्रहार गरी लुटपाट गर्दा दुई जना घाइते भएका छन् । जिल्लाको सोनमा गाउँपालिका–३, खखनामा मंगलबार राति रामविश्वा...

म्याग्दीकी राममायालाई ७० वर्षको उमेरमा नागरिकता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी ७० वर्षीया राममाया खत्रीले लामो प्रतीक्षापछि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ...

एनसेलको कर विवादः अर्बौं रुपैयाँ असुलीको चुनौती

काठमाडौं । कर विवाद, स्वामित्व हस्तान्तरण र छोटिँदै गएको लाइसेन्स अवधिका कारण निजी दूरसञ्चार सेवा प्रदायक एनसेलसँग सम्बन्धित आर्थिक तथा कानुनी विषयहरू...

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामा हमला गरेको इरानको दाबी

एजेन्सी । इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी पक्षले भने अधिकांश ...

राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन आजका कार्यसूची ?

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अपराहन्न १२: १५ बजेदेखि शुरु हुदैछ ।  आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम ...

५५ सरकारी निकायमा व्यापक पुनर्गठन, २५ खारेज र १८ पुनर्संरचना हुने

काठमाडौं । सरकारले संघीय तहमा बोझिलो, दोहोरो कार्यक्षेत्र भएका तथा अपेक्षित परिणाम दिन नसकेका ५५ वटा सरकारी निकायमा व्यापक पुनर्गठन गर्ने तयारी गरेको ...

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चबाट पनि सफाइ

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरी लाई सर्वोच्च अदालतले पनि सफाइ दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृ...

प्रेमीकाको हत्या गरी रतुवा पुलमुनि शव फाल्ने पक्राउ

झापा। दुई दिन अघि दमकको रतुवा पुल मुनी मृत फेला परेकी रमा तिवारीलाई उनकै प्रेमीले हत्या गरेको खुलेको छ । हत्या आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ ग...

यी हुन् प्रेस काउन्सिलको अध्यक्ष बन्न इच्छुक ३३ जना (सूचीसहित)

काठमाडौँ । प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको...

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि ३५ जनाको आवेदन

काठमाडौँ । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि ३५ जनाको आवेदन परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ ७ गते जारी गरेको सार्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending