वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन्।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुन आइतबार साँझ वीरगन्ज आइपुगेका थिए। सोमबार बिहान ८ देखि ११ बजेसम्म घण्टाघर चोकमा बसेर उनले १ सय ५० थान पुस्तक बिक्री गरेको जानकारी दिए।
मंगलबार साँझसम्म आफू वीरगन्ज कृषि औजार कारखानामा रहने र पुस्तक किन्न इच्छुकले कारखानामै आएर सम्पर्क गर्न सक्ने उनले बताए। त्यसपछि उनी काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
चुनावपछिको फुर्सदको समय सदुपयोग गर्दै विभिन्न जिल्लामा पुस्तक बिक्री गर्दै हिँडिरहेको उनले बताए। संसद बैठक भएका बेला सांसदको रूपमा जिम्मेवारी पूरा गर्ने र बैठक नभएका बेला पुस्तक बिक्रीलाई निरन्तरता दिने उनको भनाइ छ। उनका अनुसार पुस्तक बिक्रीबाट उठेको रकम वीरगन्ज कृषि औजार कारखानालाई थप सुदृढ र विस्तार गर्न प्रयोग गरिनेछ।
यसअघि २०८१ भदौ अन्तिम साता वीरगन्जमा नौ दिन बस्दा उनले करिब दुई हजार थान पुस्तक बिक्री गरेका थिए। मन्त्री बन्नुअघि लगातार ५ सय २६ दिनसम्म देशका विभिन्न जिल्लामा पुगेर करिब २ लाख ५० हजार थान पुस्तक बिक्री गरेको र खर्च कटाएर १२ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेको उनले बताएका छन्।
उक्त रकमबाट करिब दुई दशकदेखि बन्द रहेको वीरगन्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको हो। संवत् २०२१ सालमा स्थापना भएको सरकारी स्वामित्वको उक्त कारखाना २०५९ सालमा बन्द गरिएको थियो। सरकारले २०७९ भदौ ३१ मा कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको थियो।
हाल आविष्कार केन्द्रले पुराना उपकरण मर्मतसम्भार गरी करिब पाँच दर्जन प्रकारका कृषि औजार उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: