Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

ट्रम्प र शीबीच फोनवार्ता, कोरोना भाइरसविरुद्धको चिनियाँ कदमप्रति ट्रम्पले गरे तारिफ

काठमाडौं । कोरोना भाइरसले विश्वस्तरमै निम्त्याएको असहज परिस्थितिबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी शी जिनपिंगसँग फोनवार्ता गरेका छन् । कोरोना भाइरसको सुरुवाती समयमा चीनको निकै नै कटाक्ष गर्दै आएका ट्रम्पले शुक्रबार फोन कुराकानी गर्दै चिनियाँ कदमको समेत तारिफ गरेको कुरा अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै चीनप्रति घृणायुक्त रुपमा कटाक्ष गर्दै आएका थिए ।

डोनाल्ड ट्रम्पले चीनको तारिफ गर्दै आफुँ चीनसँग मिलेर कोरोनाविरुद्धको लडाईंमा अघि बढ्न चाहेको समेत बताएका छन् । फोन कुराकानीपछि सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले भनेका छन्, “चीनले अहिलेसम्म भाइरसविरुद्धको लडाईं काफी समझदारीपूर्णं ढंगले लडेको छ । हामी साथै मिलेर यसमा काम गर्दैछौं ।”

https://twitter.com/realDonaldTrump/status/1243407157321560071

अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई सार्वजनिक भएलगत्तै चिनियाँ प्रतिक्रिया पनि सार्वजनिक भएको छ । चिनियाँ मिडियाका अनुसार राष्ट्रपति शीले चीन र अमेरिका कोरोनाविरुद्धको लडाईंमा एकजुट भएको प्रतिक्रिया दिएका छन् । शीले अमेरिकाको संकटमा सहयोग गर्ने पनि बाचा दिएका छन् ।

फोन कुराकानीमा अमेरिकामा रहेका चिनियाँ नागरिकप्रति ख्याल गर्न राष्ट्रपति शीले अनुरोध गरेका थिए ।

चीनले यसअघि नै केहि युरोपेली देश, एशियाली देश र केहि अफ्रिकी देशमा सहायता दिन टिम नै पठाएको छ । जहाँ कोरोना भाइरसका बिरामी लगातार बढिरहेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies