काठमाडौं । गत डिसेम्बरको अन्तिम साता चीनको बुहानमा देखिएको कोरोना भाइरसको संक्रमण सोमबारसम्म आउँदा विश्वका १९२ देशमा देखिएको छ । कोरोनाको कारण चीनपछि युरोप र अमेरिका निकै प्रभावित बनेका छन् ।
चीनमा कोरोनाको प्रभाव कम हुँदै जाँदा युरोप र अमेरिकामा कोरोनाले डरलाग्दो संकट निम्त्याउन थालेको छ । युरोप र अमेरिकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि गुणात्मक रुपमा बृद्धि भएको छ ।
गम्भिर संकटसँग जुध्दै इटली, २४ घण्टामै ६५१ ले ज्यान गुमाए
युरोपेली समृद्ध देश इटली कोरोनाको कारण निकै गम्भिर संकटतर्फ पुगेको छ । इटलीमा कोरोना संक्रमणको दर र कोरोना संक्रमितको मृत्युको दरमा गुणात्मक रुपमा बृद्धि भईरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटलीमा ६५१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
सार्वजनिक तथ्यांकअनुसार पछिल्लो समय इटलीमा दैनिक ६ सय बढिले ज्यान गुमाईरहेका छन् । सोमबारसम्म आउँदा इटलीमा कोरोनाकै कारण हालसम्म ५,४७६ जनाले ज्यान गुमाएका छन् ।
गत १५ फ्रेबुअरीमा इटलीमा पहिलो पटक कोरोनाका संक्रमित भेटिएका थिए । सार्वजनिक तथ्यांकअनुसार हालसम्म इटलीमा झण्डै ६० हजार कोरोना संक्रमित छन् ।
शक्तिशाली अमेरिका पनि कोरोनाको कारण संकटतर्फ
अमेरिकामा कोरोना संक्रमितको संख्यामा ह्वात्तै बढोत्तरी आएको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ हजार बढि नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा आइतबारसम्म ३३,५४६ जना संक्रमित भएको पुष्टि भएको छ ।
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्यामा पनि निकै बढोत्तरी आएको छ । सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै ११८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । कोरोनाकै कारण अमेरिकामा हालसम्म ४१९ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकाको मुख्य व्यापारिक शहर न्यूर्योक कोरोनाकै कारण निकै संकटतर्फ पुगेको छ । न्यूर्योकमा पछिल्लो २४ घण्टामा मात्रै ५,४१८ नयाँ संक्रमित थपिएका छन् । जहाँ पछिल्लो २४ घण्टामै मात्रै ५८ जना कोरोना संक्रमितको ज्यान गएको उल्लेख छ । न्यूर्योकमा सोमबारसम्म आउँदा झण्डै १६ हजार संक्रमित भेटिएका छन् भने ११४ जनाभन्दा बढिले ज्यान गुमाएका छन् ।
हेर्नुहोस् देशअनुसार कोरोनाको संक्रमणको अवस्था
प्रतिकृया लेख्नुहोस्: