काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्यूरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोडको कमिसन मागेको अडियो यतिबेला निकै भाइरल बनेको छ । अडियोमा बास्कोटाले स्विस कम्पनीका नेपाल प्रतिनिधि विजयप्रकाश मिश्रसँग कमिसन बाँडफाँडबारे कुराकानी गरेका छन् ।
सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भाइरल बनेको अडियोलाई हामीले शब्दमा उतारेका छौं ।
हेर्नुहोस् अडियोमा के छ कुराकानी ?
विजयप्रकाश मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन।
मन्त्री गोकुल बाँस्कोटा : ह…
विजयप्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्ने किभन्ने हिसाबले आउन थालेको छ।
तपाईंहरुको -कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
मन्त्री गोकुल बाँस्कोटा : ठीक छ।
विजयप्रकाश मिश्र शर्मा : त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्यो।
मन्त्री गोकुल बाँस्कोटा : मिलाइदिन्छु।
विजयप्रकाश मिश्र शर्मा : त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्रयाक जाने कि ?
तपाईंले भनेअनुसार नै गर्ने लु भन्नुस्।
मन्त्री गोकुल बाँस्कोटा : अब। क्यापासिटीको कुरा।
विजयप्रकाश मिश्र शर्मा : कुरा चाहि मैले राखेको छु उनीहरुलाई।
मन्त्री गोकुल बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने?
विजयप्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा
मन्त्री गोकुल बाँस्कोटा : उनीहरुले कति निकाल्छन?
विजयप्रकाश मिश्र शर्मा : यसकाे टोटलको पर्सेन्ट निकाल्ने हो।
मन्त्री गोकुल बाँस्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं।
विजयप्रकाश मिश्र शर्मा : केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।
मन्त्री गोकुल बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौँ २५ निस्कयो भने कति हुन्छ?
विजयप्रकाश मिश्र शर्मा : ७० जति आउलाकी१ आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि।
मन्त्री गोकुल बाँस्कोटा : तपाइलाई के गर्छनरु छुट्टै गर्छन्?
विजयप्रकाश मिश्र शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत (तपाईँहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।
मन्त्री गोकुल बाँस्कोटा : त्यो भनेको कति हुन्छ?
विजयप्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने।
(हामीले पनि त अलि अलि राख्नुपर्यो नि। आउट अफ ट्रयाक गइयो भने…
मन्त्री गोकुल बाँस्कोटा : अनि यो कर्मचारीसँग कसले कुरा गर्छ नि?
विजयप्रकाश मिश्र शर्मा : त्यो कुरा तपाईँ गर्नुस्।
मन्त्री गोकुल बाँस्कोटा : एउटा के नगर्नुस भने यी मु….कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने (यिनले हेप्छन्। त्यसकारण यो कुरामा तपाई आफैँ लाग्नुस्। कुरा बुझ्नुभो..
विजयप्रकाश मिश्र शर्मा : त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
मन्त्री गोकुल बाँस्कोटा : त्यो मु….ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस्।
के छ विवादास्पद भिडियाेमा ? हेर्नुहाेस् भिडियाे लिंकमा
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: