संयुक्तराज्य अमेरिका । अमेरिकी नेटवर्कको मतसर्वेक्षण अनुमान अनुसार मङ्गलबार न्यू ह्याम्पसायरको डेमोक्रेटिक पार्टीको प्राथमिक (प्राइमरी) चुनावमा बर्नी स्यान्डर्स विजयी भएका छन् । पछिल्लो नतिजाले पार्टीका वरिष्ट सदस्य एवं पूर्व उपराष्ट्रपति जो बाइडेन लगायतका उम्मेदवारसामु आगामी प्रतिस्पर्धामा सहभागी हुने वा नहुने भन्नेमा अन्यौल खडा भएको छ ।
अधिकाँश मतगणना भइसक्दा पार्टीमा प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सले २६ प्रतिशत मत प्राप्त गरेका छन् । यही राज्यमा स्यान्डर्सले सन् २०१६ मा हिलारी क्लिन्टनलाई पनि पराजित गरेका थिए।
एनबीसी र एबीसीले आफ्नो पक्षमा नतिजा आएको बताएलगत्तै स्यान्डर्सले उत्साहित समर्थकहरूलाई सम्बोधन गर्दै भने, “न्यू ह्याम्पसायरका जनतालाई ठूलो जितका लागि धन्यवाद दिन चाहन्छु ।”
“यो विजय डोनाल्ड ट्रम्पको अन्त्यको शुरुवात हो,” छिमेकी राज्य भर्मोन्टका सिनेटर स्यान्डर्सले भने । उनले न्यायपूर्ण कर प्रणाली र स्वास्थ्य सेवा सुधारका कार्यलाई अब कसैले रोक्न नसक्ने बताए ।
दोस्रो स्थानमा रहनु भएका इण्डियाना राज्यका पूर्व मेयर पीट बुटिगीगले २४ प्रतिशत मत पाउने अनुमान गरिएको छ । उहाँ आगामी अझ कठिन राज्यहरुमा पनि चुनावी मैदानमा स्यान्डर्ससँग भिड्ने योजनामा छन् ।
“अब हाम्रो अभियान नेभाडा, दक्षिण क्यारोलिना हुँदै देशका कुनाकाप्चासम्म विस्तार हुनेछ । र हामी हरेक चरणमा नयाँ सहयोगीहरुलाई स्वागत गर्नेछौं,” स्यान्डर्सले भने ।
उदारवादी सोचकी सिनेटर एमी क्लोबुचर २० प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनु भएको छ । सिनेटर एलिजाबेथ वारेन करिब ९ प्रतिशत मतका साथ चौथो स्थानमा हुनुहुन्छ ।
ट्रम्पले व्यङ्ग्य मिश्रित ट्वीट गर्दै भनेका छन्, “बुटिगीगले आज राति राम्रै नतिजा ल्याउनु भयो । बर्नीको पागलपनलाई बुटिगीगले चुनौती दिँदैछन् । धेरै चाखलाग्दो१”
बाइडेनलाई न्यु ह्याम्पसायरबाट पर्याप्त मत प्राप्त नहुने पहिल्यै अनुमान गरिएको थियो । आयोवामा पनि उनको हालत यस्तै थियो । पूर्व उपराष्ट्रपति बाइडेनका लागि ८ प्रतिशतको हाराहारीमा मात्र मत प्राप्त हुनु निकै निराशाजनक स्थिति हो ।
चन्दा संकलनमा समेत निकै पछि परेका बाइडेनका लागि चुनाव परिचालन अहिले फलामको च्यूरा सरह भएको छ । राष्ट्रपतिको उम्मेदवारको टिकट प्राप्त गर्नेतर्फ उहाँको प्रयास निकै कमजोर हुनुका साथै समर्थकमा उत्साह सिर्जना गर्न असफल देखिएको छ ।
प्रविधि उद्यमी एन्ड्र्यू याङ र कोलोराडो सिनेटका माइकल बेनेटले राष्ट्रपतिको दौड परित्याग गरेको घोषणा गरेका छन् । “तपाईंलाई थाहा छ म गणितको विद्यार्थी हुँ, र ह्याम्पसायरको मतसंख्याबाट यो स्पष्ट छ कि हामी यो दौड जित्न सक्दैनौं,” आफ्ना समर्थकलाई सम्बोधन गर्दै याङले भने ।
७८ वर्षीय स्यान्डर्सले न्यु ह्याम्पसायरको प्राथमिक चुनाव जित्ने पहिल्यै अड्कलबाजी गरिएको थियो, तर बुटिगीगले यति कडा चुनौती देलान् भन्ने अनुमान गरिएको थिएन । बुटिगीगको चुनावी अभियान दलका सदस्यहरु न्यु ह्याम्पसायरको नतिजाबाट निकै उत्साहित भएका छन् । आयोवामा बुटिगीगले झिनो मतान्तरमा स्यान्डर्सलाई पराजित गर्नु भएको थियो ।
राष्ट्रिय सर्वेक्षणमा स्यान्डर्सको तुलनामा बुटिगीग १० प्रतिशतले पछि रहेको देखिएको छ । आगामी दिनमा विविधतापूर्ण जनसंख्या रहेका राज्यहरु रहेका र त्यहाँ अफ्रिकी–अमेरिकीको जनसंख्या पनि कम छ ।
पूर्व उपराष्ट्रपति बाइडेनको समूहमा रहेका अर्बपति व्यापारी एवं न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्ग पनि मार्च ३ मा हुने अर्को प्राथमिक चुनावमा सहभागी हुने तयारीमा छन् । एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: