काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटी बैठकमा ब्यानर विवाद उब्जिएको छ । आजदेखि सुरु केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राखिएका ब्यानरमा कार्ल मार्क्स र लेनिनको फोटो हटाउँदै पुष्पलाल र मदन भण्डारीको फोटो टाँगिएपछि विवाद देखिएको हो ।
कम्युनिष्ट आन्दोलनका मार्गदर्शकका रुपमा रहेका कार्ल मार्क्स र लेनिनको फोटो आजदेखि सुरु केन्द्रिय किमिटी बैठक स्थलबाट हटाइएको छ । कम्युनिष्ट आन्दोलनका पथप्रदर्शक नेताहरुको फोटो हटाइएपछि नेकपाका नेताहरुले विरोध जनाएका छन् ।
कम्युनिष्ट अनुयायी पार्टीहरुले कम्युनिष्ट आन्दोलनका पथप्रदर्शक नेताहरुको फोटो अनिवार्य प्रयोगमा ल्याउँछन् । प्रत्येक कार्यक्रमको सुरुवातमा कार्ल मार्क्स, लेनिन, माओ र स्टालिनलगायतका नेताहरुको सम्झना गर्दछन् । तर सत्तारुढ दल नेकपाको कार्यक्रम स्थलबाट पथप्रदर्शक नेताहरुको फोटो हटाइएको छ ।
पथप्रदर्शक नेताहरुको फोटो राख्ने ठाउँमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र तत्कालिन एमालेका नेता मदन भण्डारीको फोटो टाँगिएको छ । पुष्पलाल श्रेष्ठलाई नेपाली कम्युनिष्ट आन्दोलनमा श्रेयव्यक्ति मानिने भएपनि मदन भण्डारीलाई भने तत्कालिन एमालेबाहेकका पार्टीहरुले अस्वीकार गर्दछन् ।
तत्कालिन एमालेका नेता भण्डारीले जनताको बहुदलिय जनवाद सिद्धान्तको प्रतिपादन गरेका थिए । तत्कालिन एमालेले भण्डारीको सिद्धान्तलाई अंगिकार गर्दै आएको थियो । तर पार्टी एकतापश्चात बहुदलीय जनवाद छलफलको विषय मात्रै बनेको छ ।
कार्यक्रम स्थलमा ओली र प्रचण्डको तस्बिर
कम्युनिष्ट आन्दोलनका पथप्रदर्शक नेताहरुको फोटो हटाएसँगै कार्यक्रम स्थलमा पार्टी अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को भने फोटो टाँगिएको छ । कार्यक्रम स्थलको दाँयातिर अध्यक्ष ओली र बाँयातिर अर्का अध्यक्ष प्रचण्डको फोटो राखिएको छ ।
कार्यक्रम स्थलमा पार्टी अध्यक्षहरुको फोटो टाँगिएको विषयमा पनि कतिपय नेताहरुले असन्तुष्टी जनाएका छन् । पार्टीको केन्द्रिय समिति बैठक स्थलमा राखिएको फोटोबारे नेकपाका एक नेताले चाकडीको उपजको रुपमा नेताहरुको फोटो राखिएको टिप्पणी गरे । उनले कार्यक्रम स्थल व्यवस्थापनमा केन्द्रिय कार्यालय टिम निकै चुकेको टिप्पणी गरे ।
बुधबारदेखि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण बैठक सुरु भएको छ । पार्टी एकतासँगै पहिलो पटक भएको केन्द्रिय समितिको पूर्णं बैठक आगामी १९ गतेसम्म चल्नेछ । केन्द्रिय समिति बैठकमा बिहिबारदेखि प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: