मकवानपुर । मकवानपुर प्रहरीले गोली प्रहार गरेर लागुऔषध गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । बिआर ०६ जे ४४५८ नंको भारतीय कारमा लागुऔषध गाँजा लैजाँदै गरेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कार चालक भारत मुजफ्फपुरका ३५ वर्षीय सञ्जीत पासवान, सोही स्थानका ३५ वर्षीया अजैमल हवारी र ४५ वर्षीय जाहेरा खातुन रहेका छन् ।
प्रहरीका अनुसार भारतीय कारमा गाँजा बोकेका उनीहरुलाई मकवानपुरको मनहरीमा प्रहरीले जाँज गर्न खोज्दा भागेका थिए । जाँचका क्रममा कार भगाएको सूचनाका आधारमा नेवारपानीमा रहेको प्रहरी चौकीले उक्त कार रोक्नखोज्दा पनि नरोकी चेकजाँजमा खटिएका प्रहरीलाई समेत ठक्कर दिन खोजी त्यहाँबाट समेत भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौर बताउछन् ।
उनका अनुसार त्यसपछि उनीहरुलाई लेवट प्रहरी चौकीले रोक्ने प्रयास गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि चेकिङ पोइन्ट बनाएर उक्त गाडीलाई रोक्न खोज्दासमेत नरोकेपछि प्रहरीले गोली चलाएको हो । “उनीहरुलाई पिछा गर्दै हवाई फायर गर्दा पनि नियन्त्रणमा लिन गाह्रो भएको थियो, यसरी पटक पटक प्रहरी चेकिङ तोडेर भागेपछि हामीले गाडीमा लागुऔषध मात्रै नभएर गम्भीर खालको विस्फोटक पदार्थ वा अन्य कुनै खतरनाक चीजबिज रहेको हुन सक्ने ठानी रोक्ने प्रयास ग¥यौँ तर गाडी रोकिएन त्यसपछि गाडीको पाङ्ग्रामा गोली प्रहार गरेर टायर पन्चर गराएर नियन्त्रणमा लियौँ”, राठौरले भने।
प्रहरीले उक्त गाडीलाई पूर्व–पश्चिम राजमार्गको मनहरीमै रोक्न खोजेको भए पनि झण्डै ३० किलोमिटर टाढा थानाभ¥याङमा रोक्न सकेको हो । प्रहरीका अनुसार कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाई १६ पोकामा लुकाइराखेको ३२ किलो गाँजा बरामद गरिएको छ ।
यसैबीच गाँजा तस्करलाई नियन्त्रणमा लिएर फर्कंदै गरेको प्रहरीको गाडी दुर्घटनामा परेको छ । काँकडभिट्टा–धनगढी चल्ने ना५ख ५५८२ नंको यात्रुवाहक बसले ना१झ १४१७ नंको प्रहरीको गाडीलार्ई ठक्कर दिँदा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित छ जना घाइते भएका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । दुर्घटनामा गाँजा तस्करीमा संलग्न महिला खातुनसमेत घाइते भएको जनाइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: