खबर डबलीको बहस : पीडित उखु किसानलाई न्याय कसरी दिने ?
पौष १७ गते, २०७६ बिहिवार 2nd January, 2020 Thu१४:५५:२६ मा प्रकाशित
काठमाडौं । कृषि आर्थव्यवस्थामा आधारित हाम्रो मुलुकमा कृषिलाई आधुनिककरण गरि जनतालाई आत्मनिर्भर गराउने लक्ष्य सरकारले लिएको छ । जनगणना २०६८ को तथ्यांक अनुसार ६२ प्रतिशत जनता कृषि पेशामै निर्भर छन् । कृषि क्षेत्रमा प्रचुर सम्भाव्यता रहेको नेपालका किसान अहिले विश्वकै सबैभन्दा धनी किसान हुनुपथ्र्यो । बिडम्बना विश्वकै सबैभन्दा गरिब र दरिद्र अबस्थामा जीवनयापन गरिरहेका छन् ।
अहिले युवा जनशक्ति प्राय सबै खाडिमुलुकको ५५ डिग्री उच्च तापक्रममा परिवारको भविष्य खोज्न भौतारीरहेका छन् । बाँकी बृद्धबृद्धा किसानहरु सरकार र उद्योगपतिबाट ठगिएको गुनासो पोख्दै राजधानी काठमाडौंको ५ डिग्री निम्न तामक्रममा न्यायको भिग मागिरहेका छन् ।
एकसातादेखि रौतहट र सर्लाहीका करिब डेढसय किसानहरु श्रमको मूल्य खोज्दै सिंहदरबारको ढोका ढकढकाई रहेका छन् । सरकारले दिने भनेको अनुदान रकम र चिनी उद्योगपतिहरुले उनीहरुको बक्यौता रकम समयमै भुक्तानी नदिएकोले आफुहरु काठमाडौंको चिसो सडकमा सुत्नु परेको पीडित किसानहरुको गुनासो पोखेका छन् । सरकार र चिनी उद्योग मालिकबाट करिब ३ अर्ब रकम भुक्तानी नपाउँदा बर्षौदेखि श्रृणको दुस्चक्रमा फसेको दुःखेसो पोख्दै श्रमको मूल्य नपाएसम्म घर नर्फने मुडमा रहेका छन् पीडित किसानहरु ।
किसानप्रति चिनीउद्योगपतिको गैह्रजिम्मेवार प्रवृत्तिकाकारण करोडौं लगानी फस्न पुगेको र भएको उखुकोपनि उचित मूल्य नपाउँदा खेतबारीमै सुक्ने अवस्थाले रातोदिन भोक न निद्राले छटपटाउनु परेको आफ्ना कारुणिक व्यथा संचारमाध्यममार्फत सरकारलाई सुनाएका छन् ।
यहि व्यथा र बेदना बोकी सोमबार प्रतिनिधिसभाको विषयगत समतिमा पुगेका पीडित किसानहरुले कृषिमन्त्री घनश्याम भुषाससमक्ष आफ्ना दुःखेसो पोखे । तर, मन्त्री भुषालले पीडित किसानको समस्या समाधानकोलागि आफु तयार रहेको भन्दै ठगी गर्ने उद्योगीहरु फरार रहेकोले कारवाही हुन नसकेको लाचार जवाफ दिए । संसदिय समितिले फरार उद्योग पतिलाई तत्काल प्रक्राउ गरी पीडित किसानलाई न्याय दिन निर्देशन दिएको छ । अहिले कृषि मन्त्रालयले पठाएको पत्रको आधारमा फरार उद्योग संचालकको खोजी कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।
यसैबिषयमा वास्तविक किसानको समस्या के हो ? बर्षैदेखि उद्योगपति र किसानबीच किन संघर्ष चलिरहेको छ ? सरकारले पीडित किसानको समस्या समाधानमा किन ध्यान दिएको छैन ? भविष्यमा उद्योगपति र किसानबीच सुमधुर सम्बन्ध कायम राख्न सरकारले के गर्नु पर्छ ? भन्ने बिषयमा खबरडबलीको तर्फबाट गणेश पाण्डेले पूर्वउद्योगमन्त्री मातृका यादव, पूर्वकृषिमन्त्री हरिप्रसाद पराजुली र नेपाली कांग्रेसका छायाँ कृषिमन्त्री पद्मनारायण चौधरीसँग कुराकानी गरेका छन् । यादव, पराजुली र चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
...
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: