गाईघाट । एक/डेढ हप्तायता आएर मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि उदयपुरका विभिन्न विद्यालयमा बिद्यार्थीको उपस्थिति घट्न थालेको छ । ह्वात्तै चिसो बढेपछि अहिले जिल्लाका बेलका नगरपालिका, चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिकाका विद्यालयसहित पहाडी क्षेत्रका विद्यालयमा कक्षा १ देखि ५ सम्मका कक्षामा विद्यार्थीको उपस्थिति घट्न थालेको सम्बन्धित विद्यालयका शिक्षक बताउँछन्।
चिसो बढे्दै गएपछि रौतामाई गाउँपालिकाको वडा नं ४ सल्ले, मलबाँसे बोलुङखा क्षेत्रका विद्यालयका तल्ला तहका कक्षका विद्यार्थीको उपस्थितिको सङ्ख्या ५० प्रतिशतभन्दा बढीले घटेको रौता जनता मावि सल्लेका प्राचार्य लक्ष्मी घिमिरे बताउछन्। चिसो बढ्न थालेपछि विद्यार्थी विद्यालय आउन नसक्ने अवस्था भएका कारण पनि घरमै बस्न थालेका पञ्चकन्या आधारभूत विद्यालय रौता हात्तीपाइलेका शिक्षक घनश्याम राईले बताए ।
जिल्लाको तराई क्षेत्रको त्रियुगाको जोगीदह र खैजनपुर तथा चौदण्डी नगरपालिकाको जनता मावि हँडिया, सुन्दपुर मावि सिवाइ र बेलका क्षेत्रमा समेत चिसो बढेसँगै तल्ला कक्षाका विद्यार्थीको उपस्थिति न्यून हुन थालेको शिक्षक बताउँछन् । बिहान अबेलासम्म हुस्सु लाग्ने र निकै चिसो बढ्दै गएका कारण साना नानी विद्यालय जान नमान्ने र चिसोका कारण नसक्ने अवस्थासमेत रहेको चौदण्डी–३ हँडियाका कमलनारायण चौधरी बताउछन् ।
अहिले ह्वात्तै चिसो बढेका कारण जिल्लाका केही विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दा पठनपाठनमा प्रभाव पर्न थालेको राष्ट्रिय जनता मावि त्रिनपा बगाहाका शिक्षक अर्जुन खड्काले बताए ।
जङ्गली हात्तीले ३६ घर भत्कायो
पन्ध्र दिनयता उदयपुरको तराई क्षेत्र बेलका नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडामा जङ्गली हात्तीले ३६ घर भत्काएको छ । पन्ध्र दिनयता निरन्तररूपमा बेलकाका आम्बासी तथा भागलपुर क्षेत्रमा जङ्गली हात्तीले दश घर भत्काएको र स्थानीयवासीको झण्डै पचासौँ मुरी धानसहितका अन्नसमेत खाइदिएको आम्बासीका दुर्गाप्रसाद खनालले बताए ।
यस्तै चौदण्डीको हँडिया र सुन्दरपुर क्षेत्रमा जङ्गली हात्तीले सात घर भत्काएको छ भने २५ मुरीभन्दा बढी भकारीको धानसमेत नष्ट गरिदिएको हँडियाका देवीलाल चौधरीले बताए। त्रियुगाका वडा नं १ जोगिदह, २ को मोथ्याई, खैजनपुर, वडा नं ३ को चाप, ४ को बगाहा र वडा नं ५ को चुरेक्षेत्रको श्रीपुर क्षेत्रमा १७ घर हात्तीले भत्काइदिएको छ भने अन्नबालीसमेत खाइदिएको श्रीपुरका पिडीत लक्ष्मण काफ्लेले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: