Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदको माग

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको छन् । 

सांसद मनरुपा शर्माले काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्बासीको बालबच्चा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन माग गरे।

सांसद रेणु चन्दले सुकुम्बासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उनले सुकुम्बासी राखिएका होल्डिङ सेन्टरमा शुद्ध खानपानको प्रबन्ध गर्न माग गरे।

सांसद पदमबहादुर परियारले राष्ट्रियसभाको सदस्यहरू विगत छ महिनादेखि खाली रहेकामा ध्यानाकर्षण गराए । सांसद रुक्मिणी कोइरालाले कोशी सम्झौताअनुसार भारदहको पुल निर्माण गर्दा लिइएको जग्गाको क्षतिपूर्ति प्राप्त हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराए।

सांसद विष्णुकुमारी सापकोटाले सहकारीपीडितले न्याय नपाएकामा तर्क गर्दै तत्काल समस्या समाधान गर्न माग गरे । सांसद विष्णुबहादुर विश्वकर्माले हुम्लाको चङ्खेलीमा यही जेठ ४ गतेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको, पशु चौपायाको ज्यान गएका उल्लेख गर्दै स्थानीयवासीलाई राहत उपलब्ध गराउन माग गरे।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले सहकारीपीडितलाई फिर्ता दिन लागेको रकम सरकारी ढुकुटीबाट लिन लागेको हो कि सहकारीमा बदमासी गरेकाहरूबाट उठाएर दिन लागेको हो भन्नेबारेमा सदनलाई जानकारी दिन माग गरे।

सांसद सावित्री मल्लले दैलेखको जलजलेमा ग्यास रहेकोसम्बन्धी विवरण सरकारलाई उपलब्ध गराइसकेको भए पनि दोस्रो चरणको काम ठप्प भएकामा सरकारको ध्यानाकर्षण गराए।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छ: मन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याण...

म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइँदैन : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले आफू शक्तिशाली र लोकप्रिय भएको आधारमा मनलाग्दी निर्णय गर्न नप...

पुराना र अव्यवहारिक कानुन संशोधन गरी युगसापेक्ष बनाउनुपर्छ- सभामुख अर्याल

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएको छन् । पूर्वसांसद मञ...

सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदको माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्य...

टीकापुरमा तालिमका क्रममा बेहोस भएका ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिमका क्रममा बेहोस भएका सुरक्षाकर्मीमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै गरिएको छ। ...

पाँचथरको याङवरकमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

फिदिम। पाँचथरको याङवरक गाउँपालिकामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक ६ अर्चले भन्ने स्थानमा च्याङथापुदेखि फलैंचा हिँडेको प्रदेश ०१–००२च...

दिपेन्द्रसिंह ऐरी र इशान पाण्डेको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

काठमाडौँ। आईसीसी लिग–२ अन्तर्गत शुक्रबार जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको चुनौती दिएको छ । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण...

जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले यही जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको...

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

नयाँदिल्ली। भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्ररूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । गर्मीबिच ऊर्जा उत्पाद...

एमाले सचिवालय बैठक सुरु, कार्यविभाजन टुंग्याउने तयारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending