काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएको छन् ।
पूर्वसांसद मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना र असान्दर्भिक कानुनको संशोधन वा खारेजी तथा प्रविधिमैत्री नयाँ कानून निर्माण अहिलेको मुख्य विधायकी जिम्मेवारी भएको बताए। सभामुख अर्यालले देश निर्माणका लागि तीन पुस्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
कानून निर्माण प्रक्रियामा व्यावहारिकताको अभाव रहेको भन्दै उनले वर्तमान सवारीचालक अनुमतिपत्र सम्बन्धी व्यवस्थाको आलोचना गरे। उनले लाइसेन्स परीक्षाको प्रक्रियामा रहेको ९० दिनको समयसीमा र कतिपय अवस्थामा राखिएको शैक्षिक योग्यताको प्रावधानप्रति पनि आपत्ति जनाए। लिखित परीक्षामा अनुत्तीर्ण हुनेले तीन महिनासम्म कुर्नुपर्ने नियम अव्यावहारिक रहेको र यसले नागरिकको जीविकोपार्जनमा समेत बाधा पुर्याएको उनको तर्क छ ।
सभामुख अर्यालले भने, “हामीभन्दा अघिल्लो अनुभवी पुस्ता, काम गर्ने हुटहुटी भएको वर्तमान पुस्ता र प्रविधिमा पोख्त नयाँ पुस्ता मिलेर अघि बढे मात्रै यो देश बस्न लायक र जनताले खोजेजस्तो बन्नेछ । अत्यन्तै असुरक्षित मानिने दुईपाङ्ग्रे सवारीका लागि १८ वर्ष र सुरक्षित मानिने चारपाङ्ग्रेका लागि २१ वर्षको उमेरहद तोकिनु आफैँमा विरोधाभासपूर्ण छ । के हामीले सुरुमा नागरिकलाई असुरक्षित सवारी चलाउन बाध्य पारिरहेका त छैनौँ ? हामीकहाँ कानून बनाइन्छ र जनतामाथि लादिन्छ, तर त्यसको व्यावहारिक पक्ष र सामाजिक चेतनाको स्तरलाई वास्ता गरिँदैन ।”
कानून निर्माण गर्दा प्रयोगकर्ता र सरोकारवालासँग पर्याप्त छलफल नहुने गरेको भन्दै सभामुख अर्यालले असन्तुष्टि व्यक्त गरे। मुलुकको समृद्धिका लागि राज्यका तीनै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कार्यगत गति र भावना मिल्नुपर्ने उनको धारणा छ ।
उनले स्रोत र साधनभन्दा पनि सफा 'नियत' भए मात्र नीति–नियमले सार्थक परिणाम दिने उल्लेख गरे। आगामी दिनमा युवा सांसदले सरकारलाई घच्घच्याउँदै जनजीविकासँग जोडिएका विषयमा प्रभावकारी कानुन निर्माणका लागि पहल गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १२:१७
सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...
श्रावण १७ गते, २०८३ - ११:५२
काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...
श्रावण १७ गते, २०८३ - ११:४१
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी ...
श्रावण १७ गते, २०८३ - ११:०१
जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...
श्रावण १७ गते, २०८३ - १०:४९
राजविराज । पेशागत सञ्जाल ९पापड० सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले आइतबार बिहान राजविराजमा बृहत् सद...
श्रावण १६ गते, २०८३ - १५:५८
काठमाडौँ । सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...
श्रावण १६ गते, २०८३ - १५:५२
काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...
श्रावण १६ गते, २०८३ - १५:२६
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...
श्रावण १६ गते, २०८३ - १५:२०
काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...
श्रावण १६ गते, २०८३ - १५:११
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...



प्रतिकृया लेख्नुहोस्: