काठमाडौं । महाराष्ट्र राज्यमा सिंहासनको लागि भएको घमासान लडाईंपश्चात भाजपा मुख्यमन्त्री देवेन्द्र फडणवीसले पदबाट राजीनामा दिएका छन् । नाटकीय ढंगबाट सरकार बनेको ४ दिनमै बहुमत गुमाएपछि फडणवीसले पदबाट राजीनामा दिएका हुन् ।
अदालतले फ्लोर टेस्ट पास गर्न निर्देशन दिएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । फडणवीसलाई बुधबारसम्म फ्लोर टेस्ट गर्नको लागि अदालतले निर्देशन दिएको थियो । फडणवीसको राजीनामासँगै महाराष्ट्रमा शिवसेना, राष्ट्रवादी कंग्रेस र कंग्रेस गठबन्धनबाट सरकार बन्ने निश्चित भएको छ ।
महाराष्ट्र राज्यको सिंहासनबाट बाहिरिएसँगै राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)लाई निकै ठूलो धक्का पनि लागेको छ ।
ठूला राज्यबाट एनडीए गठबन्धन बाहिरिदैं
२०१७ सम्म ७२ प्रतिशत राज्यमा शासन गरिरहेको एनडीए गठबन्धन धराशाही बन्दै गएको छ । मध्य प्रदेश, राजस्थान छत्तीसगढ र महाराष्ट्रजस्ता ठूला राज्यहरुको सत्ताबाट गठबन्धन बाहिरिएको हो । गठबन्धन २०१९ सम्म आउँदा ४१ प्रतिशत राज्यमा मात्रै सिमित भएको छ ।
यद्यपी मिजोरम र सिक्किमजस्ता साना राज्यहरुमा एनडीएले नयाँ खाता खोलेको छ । अहिले भारतका १७ राज्यमा एनडीएको सरकार छ । जसमध्ये १३ राज्यमा भाजपा र अन्य चार राज्यमा त्यहाँका सहयोगी दलहरुको सरकार छ ।
केन्द्रिय राजधानी दिल्लीबाट पहिलादेखि नै टाढा
एनडीए सुरुदेखि नै राष्ट्रिय राजधानी दिल्लीको सत्ताबाट टाढा छ । पछिल्लो सत्ता च्यूतसँगै आर्थिक राजधानी मानिएको महाराष्ट्रबाट पनि एनडीए बाहिरिएको छ । महाराष्ट्रको कुल जीडीपी करिब ३० लाख करोड भारतीय रुपैया छ । यो देशको जीडीपीको १४ प्रतिशत हिस्सा हो । भारतका मुख्य ४० प्रतिशत कर्पोरेट अफिस पनि महाराष्ट्रमा नै रहेको बताइन्छ ।
आर्थिक राजधानी महाराष्ट्रबाट पनि बाहिर
उत्तर प्रदेशपश्चात लोकसभामा सबैभन्दा धेरै सीट अर्थात ४८ सीट महाराष्ट्रको छ । आर्थिक राजधानी र धेरै सीट भएको कारण पनि एनडीए गठबन्धनको लागि महाराष्ट्र महत्वपूर्ण रहेको थियो । तर, महाराष्ट्रमा ठूलो शक्ति हुँदा हुँदै पनि बहुमत जुटाउन नसक्दा एनडीए गठबन्धन बाहिरिन बाध्य भयो । अहिले महाराष्ट्रमा भाजपासँग मात्रै १०५ सिट छ । भाजपा महाराष्ट्र धेरै सीट भएको ठूलो दलसमेत हो ।
कुन कुन राज्यमा छ एनडीएको सरकार ?
अहिले एनडीए गठबन्धनको नेतृत्वमा हिमाञ्चल, उत्तराखण्ड, हरियाणा, उत्तर प्रदेश, बिहार, झारखण्ड, सिक्किम, आसाम, अरुणाञ्चल, नागाल्याण्ड, मनिपुर, मेघालय, त्रिपुरा, मिजोराम, गुजरात, कर्नाटाका र गुवामा सरकार छ ।
ठुलो जनसंख्या हिस्सा मानिएको मध्य प्रदेश, राजस्थान, महाराष्ट्र, उडिसा, राईपुर, आन्ध्रप्रदेश, तमिलनाडु र केरलालगायतका राज्यबाट एनडीए सत्ता बाहिर छ । २०१७ सम्म एनडी गठबन्धले राजस्थान, मध्यप्रदेश, महाराष्ट्र, आन्ध्र प्रदेशलगायतका महत्वपूर्ण राज्यहरुमा पनि सरकार बनाएको थियो । (एजेन्सीको सहयोगमा)
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: