Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

प्रधानमन्त्री खोज्दै संसद् : जनताका मुद्दा ओझेलमा

खबरडबली संवाददाता

काठमाडौं । देशको संघीय संसद् अहिले जनताको आवाज उठाउने थलोभन्दा ‘हराएका प्रधानमन्त्री’ खोज्ने केन्द्रजस्तो बनेको छ । संसद् बैठक सुरु हुन्छ, विपक्षी उठ्छन्, नाराबाजी हुन्छ, रोष्ट्रम घेरिन्छ अनि एउटै प्रश्न गुञ्जिन्छ “प्रधानमन्त्री खोइ ?” तर प्रधानमन्त्री बालेन्द्र शाह भने संसद्को ढोकासम्म देखिँदैनन् ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको हप्तौँ बितिसक्दा पनि प्रधानमन्त्री संसद्मा नआउँदा संसद्को समय, ऊर्जा र बहस सबै उनको खोजीमै खर्च भइरहेको छ । जनताका समस्या थन्किएका छन्, तर संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिमाथिको बहस रोकिएको छैन ।

विपक्षी दलहरू दिनहुँ वेल घेराउ गरिरहेका छन् । “प्रधानमन्त्री संसद्मा आउ”, “जवाफ दे” भन्ने नाराले संसद् भवन गुञ्जिरहेको छ । तर सरकार भने कानमा तेल हालेर बसेको आरोप लागिरहेको छ । प्रधानमन्त्री नआए पनि विधेयक भने धमाधम पास भइरहेका छन् । विपक्षीको नाराबाजीकै बीच सरकारले कानूनहरू अघि बढाइरहेको छ, मानौँ संसद् होइन, औपचारिकता मात्रै चलिरहेको हो ।

सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन दुई–दुई पटक भेटे । संविधान र नियमावलीसमेत सम्झाए । तर परिणाम शून्य । प्रधानमन्त्रीले संसद् जाने संकेतसमेत दिएनन् । त्यसपछि सभामुखले विरोधकै बीच बैठक चलाए ।

संविधानले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने स्पष्ट लेखेको छ । प्रतिनिधिसभा नियमावलीले सांसदका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गरेको छ । तर अहिले ती व्यवस्था किताबका पाना जस्ता मात्रै देखिन थालेका छन् । व्यवहारमा प्रधानमन्त्री संसद्बाट टाढा र संसद् प्रधानमन्त्रीको प्रतीक्षामा छ ।

हर्क साम्पाङ ले त संसद्मै प्लेकार्ड देखाएर प्रधानमन्त्री खोज्नुपरेको अवस्था आयो । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने प्रधानमन्त्री मौन बस्दा संसद्को गरिमा नै कमजोर भएको टिप्पणी हुन थालेको छ ।

अझ विडम्बना त के भने   देशमा महँगी बढिरहेको छ, बेरोजगारी चर्किएको छ, सीमाका मुद्दा पेचिलो बन्दैछन्, सेवा प्रवाह अस्तव्यस्त छ । तर संसद्मा ती विषयमाथि गम्भीर बहस हुन पाएको छैन । अधिकांश समय प्रधानमन्त्री आउने कि नआउने भन्ने विवादमै बितिरहेको छ ।

पूर्वमहासचिव सूर्यकिरण गुरुङ भन्छन्, “संसदीय लोकतन्त्रको आत्मा नै सरकारको संसद्प्रतिको जवाफदेहिता हो । प्रधानमन्त्री संसद्बाट टाढा बस्ने संस्कारले लोकतन्त्र कमजोर हुन्छ ।”

संसद् अहिले प्रश्न गरिरहेको छ, सरकार भने मौन छ । जनताले चुनेको सर्वोच्च थलोमा प्रधानमन्त्रीको कुर्सी खाली भइरहँदा एउटा गम्भीर प्रश्न उठेको छ देश संसद्बाट चलिरहेको छ कि सत्ता आफ्नै लयमा ? 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending