Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

धरानका सयौंं युवालाई नेकपामा प्रवेश गराउँदै दीपशिखाले भने : देश बिगार्ने कम्युनिस्ट होइन काङ्ग्रेस हो

काठमाडौं । नेकपाका युवा नेता एंव राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले राष्ट्रिय अर्थतन्त्रको बिजोग अवस्था तत्कालिन कांग्रेस सरकारले बनाएको आरोप लगाएका छन् । धरानमा निर्बाचन सुरक्षा तथा स्वयंसेवक परिचालन कमिटिले आयोजना गरेको युवा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै युवा नेता दीपशिखाले तत्कालिन कांग्रेस नेतृत्वको सरकारले उद्योग तथा कलकारखानाहरु टाट पल्टाएर बन्द गराएको आरोप लगाएका हुन् ।

‘काङ्ग्रेसले २१ बर्षसम्म शासन गर्दा देशलाई आर्थिक रुपमा पुरै खोक्रो बनायो, बिराटनगर जुटमिल र बाँसबारि छाला उद्योगलगायत दर्जनौ उद्योग तथा कलकारखानाहरु बन्द गरायो”, कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता दीपशिखाले भने, “राष्ट्रिय अर्थतन्त्रको बिजोग अवस्थालाई त नेकपा सरकारले सपार्न खोज्दैछ, हामीले कांग्रेसले बेचेका र बन्द गराएका उद्योग फिर्ता ल्याउने र सञ्चालन गर्ने तयारी गरेका छौं ।”

बेचिएका उद्योगधन्दा र बन्द भएका कलकारखानाको सञ्चालन नगरी देशले आर्थिक समृद्धिको बाटो नलिने दीपशिखाको भनाई छ । उनले विदेशीएका युवाशक्तिलाई स्वेदश फिर्ता नगरी देशले विकासमा फड्को मार्न नसक्ने दीपशिखाको भनाई छ । उनले नेकपा सरकारले विकास र समृद्धिभन्दा बाहिर केहि नसोंचेको पनि बताए । उनले नेकपा सरकारले अगाडि सारेको समृद्धिको अभियानलाई साथ दिन उपनिर्वाचनबाट नेकपाका उम्मेदवारलाई जिताउन पनि आग्रह गरे ।

सयौं युवाहरु विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश

यसैबीच विभिन्न पार्टी परित्याग गरि धरानका १ सय ५० जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । राष्ट्रिय युवा संघले आयोजना गरेको युवा प्रशिक्षण कार्यक्रममा संघका अध्यक्ष दीपशिखाले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

नव प्रबेशी युवाहरुलाई स्वागत गर्दै अध्यक्ष दीपशिखाले देशको समृद्धि र विकासको लागि युवाहरुको एकता आवश्यक रहेको बताए । उनले युवाहरुको भविष्यको लागि नेकपा सरकारले विशेष रुपमा ध्यान दिएको पनि बताए ।

पुर्णबहादुर भुजेलको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपा प्रदेश नं. १ का सदस्य मुक्साहाङ मेन्याङ्बोलगायतले समेत सम्बोधन गरेका थिए ।

आगामी मंसिर १४ हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकामा रिक्त रहेको मेयरको लागि नेकपाबाट युवा नेता प्रकाश राईको उम्मेदवारी परेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending