वीरगञ्ज । प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमासङ्ग्रामलाई आधार मान्दा भारतीयले प्रदेश नं २ को पर्साका पाँच स्थानमा २२७ हेक्टर, महोत्तरीका दुई स्थानमा १४ हेक्टर, रौतहटमा एक स्थानमा १५ हेक्टर, सप्तरीमा सात स्थानमा १४५ हेक्टर, बारामा दुई स्थानमा ३६ हक्टर, सर्लाहीमा दुई स्थानमा १२ हेक्टर, सिरहामा दुई स्थानमा ४१ हेक्टर गरी जम्मा २१ स्थानमा ४६० हेक्टर जग्गा अतिक्रमण गरी उपभोग गर्दै आएका छन् ।
नेपाल–भारत सीमामा रहेका कतिपय सीमास्तम्भ नदीले बगाएको, क्षतिग्रस्त भएकाले सीमाक्षेत्र कहाँसम्म हो भनी यकिन गर्न नसकिएकाले कतिपय ठाउँमा भारतीयले अतिक्रमण गरी खेतीपाती गर्ने, गाईगोठ बनाएर भोगचलन गर्दै आएका छन् । नदीले बगाएका तथा अन्य कारणले क्षतिग्रस्त भएका सीमास्तम्भ वर्षांै बितिसक्दा पनि ध्यान नदिँदा यस्ता आएको वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवाका शेषमन पडितको ठम्याइ छ ।
प्रदेश नं २ मध्ये सबभन्दा बढी पर्सामा पाँच स्थानमा २२७ हेक्टर नेपाली भू–भाग भारतीयद्वारा अतिक्रमण भएको देखिन्छ । खासगरी जिल्लाको पश्चिमी क्षेत्रको दुर्गम गाउँमा रहेको सीमा क्षेत्रको यकिन नहुँदा त्यस क्षेत्रमा भारतीयले नेपाली भू–भाग अतिक्रमण गरी भोगचलन गर्दै आएको देखिन्छ ।
“नेपाल–भारतबीच देखिएको सीमा समस्यालाई समाधान गर्न दुई देशका अधिकारीसँग बसेर सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न नापी विभागलाई पत्राचार गरेका छाँै, “पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भन्नुभयो, “कतिपय ठाउँमा सीमास्तम्भ हराएको, भाँचिएकाले कहाँसम्म सीमाक्षेत्र रहेकाबारे यकिन हुन नसकेकाले यो समस्या देखापरेको हो ।”
प्रदेशको पूर्वी जिल्ला सप्तरीका सात स्थानमा १४५ हेक्टर सीमाक्षेत्र अतिक्रमण भएको देखिन्छ । यसबारेमा त्यहाँका प्रमुख जिल्ला अधिकारी सुनिल प्रसाईंँले यो समस्या दुई देशबीचको समस्या रहेकाले यसबारेमा आफूले बोल्न उचित नहुने बताउनुभयो । सीमासुरक्षाका लागि सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीको उदासिनताका कारण कतिपय ठाउँमा अझसम्म सीमाक्षेत्रको समस्या समाधान हुन नसकेको स्थानीयवासीको आरोप छ ।
स्थानीयवासी भन्छन्, “भारतीय सुरक्षाकर्मी आफ्नो भू–भागको रक्षा गर्न कटिबद्ध रहेको देखिन्छ भने हाम्रो सुरक्षाकर्मीमा कतव्र्य बोधको अभाव देखिन्छ ।” वर्तमान सरकार सिमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा कूटनीतिकमाध्यमबाट हुनुपर्नेमा स्थानीयवासीको जोड छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: