काठमाडौं । जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसङ्ग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् । चिकित्सक डा दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा गोदारले भने, “बाबुको दुवै अण्डकोष अहिले बाहिर देखिन्छ, उपचार सफल भएकामा म खुशी छु ।”
भर्खरै जन्मिएकादेखि १६ वर्षमुनिका बच्चाका मुत्रासय, मलद्वार, आन्द्रा, जिब्रोको ट्युमर, आन्द्रामा रौँ छिरेको र नसामा हुने विभिन्न जटिल समस्याको उपचार सहज भने छैन । शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्नु चुनौतीपूर्ण हुन्छ । सन् २०१७ मा बङ्गलादेशको बङ्गबन्धु शेख मोजिम मेडिकल विश्वविद्यालयबाट बालरोग सर्जरीमा एमएस गरेका डा कोइरालाकामा हाल यस्ता बिरामी बच्चाको चाप देखिन्छ । उहाँ शिक्षण अस्पतालका साथै काठमाडौँ न्यूरो तथा जनरल अस्पताल र हेम्स अस्पतालमा समेत कन्सल्ट्यान्ट छन् ।
उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा चिकित्सक टोली तम्तयार भए पनि जन्मजात छाति जोडिएका जुम्ल्याहा बच्चाको सुर्खेतबाट काठमाडौँ ल्याउँदा बाटोमै मृत्यु भएको छ महीनाअघिको एक घटना सम्झँदै डा कोइराला भन्छन्, “नेपालमा सुलभ मूल्यमै यस्तो उपचार हुनसक्छ भन्ने थाहा नपाएर अभिभावकले बच्चालाई अस्पताल नल्याउँदा ज्यान जोखिममा परेका घटना छन्, तर हामी उपचार गर्न सक्छौँ ।”
चिकित्सक डा कोइरालाकै नेतृत्वमा जन्मँदै मेरुदण्डको नसा फुटेका ओखलढुङ्गाका मेघबहादुर मगरका चार दिनका बालकको शल्यक्रिया सफल भएपछि अभिभावक दङ्ग छन् । ‘माइलोमेनिङ्गोसिल इन्फेक्सन’का कारण उत्पन्न यो समस्याको समाधान भएपछि अब बच्चालाई दूध खुवाउन र दिसापिसाब गराउन कुनै समस्या छैन ।
सुन्धारास्थित काठमाडौँ न्यूरो तथा जनरल अस्पतालमा उपचाररत १५ वर्षीया बालिकाको जन्मजात पिसाब चुहिने समस्या ९इक्टोपिक युरेटर० को पनि सात दिनअघि शल्यक्रिया सफल भएको छ । सात दिनअघि ती बालिकाको पिसाबको नली काटेर पुनः व्यवस्थापन गरिएको थियो । सोही अस्पतालमा दोलखाका सोमी तामाङका २१ दिनका छोराको एउटा अण्डकोष ठूलो भएको ९अब्स्ट्रक्टेड हर्निया० को शल्यक्रिया सफल भएको छ । यो बालकको जन्मँदै एउटा अण्डकोष ठूलो थियो । चिसोले होला भनेर अभिभाावकले बढी सेकेपछि निलो भएर दुख्ने समस्याले अस्पताल ल्याइएको थियो । ‘एनस्थेसिस्ट’ डा प्रदीप कोइरालाई ती बच्चालाई बेहोस बनाउन निकै गाह्रो भएको थियो । ढिलो ल्याएको भए बच्चालाई जोखिम हुन सक्थ्यो ।
केही समय पहिले दुर्घटनामा परी मलद्वारा थुनिएका सर्लाहीका १० वर्षीया अर्चनाकुमारीको पनि सफल शल्यक्रिया गरेका चिकित्सक कोइरालाले जन्मँदै आन्द्रा फुटेका चार बच्चाको शल्यक्रियाबारे विश्वका अन्य मुलुकका बाल सर्जनले पनि चासो दिएका छन् । डा कोइराला आउँदो अक्टोबार ३१ मा कतारको दोहामा हुने विश्व बाल सर्जन सम्मेलनमा उक्त विषयमा कार्यपत्र प्रस्तुतिको तयारीमा हुनुहुन्छ । अर्चनालाई नेपालमा उपचार गराउनुअघि भारतको पिजिआइ अस्पताल, गङ्गाराम अस्पताललगायत पाँच अस्पतालमा लगिएको थियो । भारतमा करीब रु पाँच लाख खर्च गरेर नभएको उनको उपचार नेपालमा रु ७५ हजारमा सम्भव भएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: