Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

विप्लवका नेताबाट बरामद गरिएका सामाग्री : ६ थान पेस्तोल र १३ वटा किताब

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले राजपुर गाउँपालिका–४ मुङग्रेठाबाट बिहीबार पक्राउ परेका प्रतिबन्धित नेकपाका नेताहरुको साथबाट हतियार, नगदसहित महत्वपूर्ण कागजात बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिको बारेमा र उनीहरुको साथबाट बरामद गरेका हतियार, नगद पैसासहित अन्य महत्वपूर्ण दस्ताबेजहरु आज सार्वजनिक गरेको हो ।

प्रहरीले आज एक प्रेस विज्ञप्ति जारी गरी छ थान पेस्तोल, दुई थान म्यागजिन, नौ वटा गोली, एउटा सुतली बम र रु तीन लाख ८४ हजार ५३० नगद बरामद गरेको उल्लेख गरेको छ । साथै, ३७ थान मोबाइल सेट, ग्लोबल आइएमइको चार वटा चेक, २१ वटा झोला, १६ वटा डायरी, १३ वटा विभिन्न राजनीतिक दर्शनका किताब, चन्दा उठाउन प्रयोग हुने ३० वटा लेटर प्याड र पार्टीको स्ट्याम्प छाप एक थान बरामद भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

बरामद गरेका हतियारमध्ये दुई वटा पेस्तोल तयारी अवस्थामा प्रहरीले भेटाएको जनाएको छ । नेकपाका नेताहरुको महत्वपूर्ण बैठक बसिरहेको भन्ने सूचना पाएको प्रहरीले बैठकस्थल नै नियन्त्रणमा लिएर पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरगञ्ज भनिने चन्द्रबहादुर चन्दसहित २१ जना नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राप्ती ब्यूरो इञ्चार्ज केशबहादुर बाँठा सुभाष, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष दीपराज सेर्पाली पाटन, रोल्पा जिल्ला इञ्चार्ज सन्तोष सुवेदी प्रयास, न्यायिक विभाग संयोजक रामबहादुर थापा, दाङका जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम) सहित २१ जना रहेका छन् । पक्राउ परेकालाई सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेर कारवाही शुरु भएको प्रहरीले जनाएको छ । (रासस)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending