Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन आगामी साता हुँदै

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन आगामी साता काठमाडौंमा हुने भएको छ । सम्मेलन असोज २६ र २७ गते हुने नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले जानकारी दिएका छन् ।

भृकुटीमण्डप स्थित पुलिस क्लवको सभाहलमा हुने सम्मेलनको औपचारिक उद्घाटन असोज २७ गते उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गर्नेछन् । सम्मेलनमा भारत, भुटान, बर्मा, थाईल्याण्ड, अमेरिका, बेलायत, बेल्जियम, जापान, कोरिया, मलेसिया, हंगकंग, क्यानडा, कतार, साउदी अरब, युएई, बहराइन, ओमन, कुवैत, मकाउ, सिंगापुर, अस्ट्रेलिया, अस्ट्रिया, प्रोचुगल, स्पेन गरेर २७ का करिब पाँच सयजना प्रतिनिधि सहभागी हुने मगर संघले जनाएको छ ।

सम्मेलनमा मगरहरु समुदायको भाषा, धर्म, संस्कार–संस्कृति, भेषभुषा, ऐतिहासिक थातथलो, इतिहास सवालमा छलफल हुने आयोजकले जनाएको छ । मगर समुदायको सामाजिक, आर्थिक, शैक्षिक अवस्था र आ–आफ्नो देशको कानूनअनुसार राजनीतिक अधिकारको बारेमा समेत छलफल हुने मगर संघले जनाएको छ ।

नेपाल मगर संघको समन्वयमा हुने सम्मेलनले अन्तर्राष्ट्रिय महासंघको संरचना बनाउने र सोको नेतृत्व चयन गर्ने संघका महाचिव पुनले जानकारी दिए । उनका अनुसार सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गर्नेछ ।

सम्मेलन तयारीका लागि विभिन्न समिति

सम्मेलनको तयारीका लागि मगर संघका अध्यक्ष नवीन रोकामगरको संयोजकत्वमा मूल आयोजक समिति, महासचिव ज्ञानेन्द्र पुनमगरको संयोजकत्वमा मूल व्यवस्थापन समिति, रक्षबहादुर रैकामगरको संयोजकत्वमा कार्यक्रम संयोजन समिति गठन गरिएको छ । यसैगरी कार्यपत्र तयारी समिति, साँस्कृतिक झाँकी उपसमिति, स्वंयमसेवक व्यवस्थापन उपसमिति, मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उप–समिति, प्रतिनिधि व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, हल व्यव्स्थापन तथा बन्द सत्र व्यस्थापन उपसमिति, र्याली व्यवस्थापन उपसमिति लगायतका समितिहरु गठन गरिएको संघले जनाएको छ ।

सम्मेलनमा हरेक देशबाट एक महिलासहित पाँचजना, मगर संघ केन्द्रीय समिति संरक्षक सल्लाहकार पदाधिकारीहरु, प्रदेश समितिबाट पाँच÷पाँचजना, जिल्ला भातृ संस्थाबाट दुई÷दुई जना, पार्टी सम्बद्ध मगर मोर्चाका संगठनहरुबाट तीन÷तीन जना गरेर पाँचसय जनाको सहभागीता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा प्रा. डा. केशरजंग बरालमगर, बमकुमारी बुढामगर, डा. गोबिन्द थापामगर, सुरेश आलेमगर, डा. श्यामु थापामगर, डा. मिन श्रीसमगर, झकेन्द्र घर्तीमगर, भोजबिक्रम बुढामगर, लालबहादुर पुनमगर लगायतले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् । प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलन दुईवर्ष अघि भएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending