Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

धानको बाला नलागेपछि किसान चिन्तित

दाङ । दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान १०० दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन् । बाला लाग्ने समयमा धानको बोट फष्टाएको छ तर पसाउने सुरसार नै छैन । धान खेतमा पटकपटक झार र घाँस केलाएर निकाले पनि धान पनि उही घाँसजस्तै देखिएको छ ।

लमही नगरपालिका–३ टिकुलीगढ र मजगाउँका कृषक खेतमा रोपिएको धानको नाम हो ‘गरिमा’ । किसान छविलाल चौधरीले मात्रै करीब १५ कट्ठामा खेतमा गरिमा जातको धान रोपेका छन् । उनको खेतमा रोपिएको धान पसाएको छैन । अर्का किसान मनिराम आचार्यले पनि आफूले रोपेको धान नपसाएको भन्दै चिन्ता व्यक्त गरे । “यो राम्रो धान हो, फल राम्रो लाग्छ, चाँडो पनि पाक्छ भन्थे त्यही भनेर बीउ किनेर ल्याएर रोपेको त यस्तो परेछ ।” उनले भने, “बीउ किन्दा पनि अति राम्रो धान हो भन्दै रोप्न सुझाएकाले रोपेको हुँ । यस पटक धान भित्र्याउने नभई पराल भित्र्याउने अवस्था देखिएको छ ।”

मजगाउँका अर्का किसान पुरन चौधरीको व्यथा पनि उस्तै छ । उनले रोपेको धानले १०० दिन काटिसकेको छ तर पसाउने लक्षण देखिएको छैन । नौ कट्ठामा रोपेको धान खेतमा धान र घाँस बराबर छ । उनले भने, “धान रोपियो तर, अहिले बाला नै लागेन, यस्तो अचम्म अहिलेसम्म भएको थिएन ।” देउखुरीमा यस्ता थुप्रै किसान छन्, जसले गरिमा धान रोपेका छन् ।

यसपालि धानको बीउले धोका दिएकाले चामल किनेर खाने अवस्था आउने चिन्तामा किसान छन् । पसाउन नसकेको सबै धान गरिमा जातको धान हो । अरु जातको धान सबै ठाउँमा पहेँलपुर भई सक्यो कतै बाला झुलेका छन् । खासमा गरिमा जातको धान २०७२ सालमा नेपाल सरकारले सूचीकृत गरेको बीउ हो । यो धान सालाखाला ९० देखि ९५ दिनभित्र ५० प्रतिशत पसाइ सक्नुपर्ने कृषिज्ञान केन्द्र प्रमुख कृष्णबहादुर बस्नेतले बताए। “सय दिन पुगिसक्दा पनि धान अझै पसाएको छैन, अब धान फल्ला भन्ने अवस्था छैन ।” उनले भने “कृषकको खेतमा धान नपसाएको भन्ने खबर थाहा पाएर खेतमै पुगेर अवस्था बुझेको छु ।”

कृषिज्ञान केन्द्र प्रमुख बस्नेतले धानको बोटको अवस्था हेर्दा धान पसाउने अवस्था नरहेको प्रष्ट देखिएको बताए । अबको मौसम चिसो हुँदै गएकाले धान पसाउन सम्भावना कम हुँदै गएको उनको भनाइ छ । गत वर्ष यही जातको धान रोपेका उनै कृषकले राम्रो उत्पादन गरेका थिए ।
दाङसहित चितवन, नवलपरासी, र बाँकेमा गरिमा जातको धानको बीउ बिक्री गरिएको थियो । बिक्री गरेका सबै ठाउँमा यही समस्या देखिएको छ । छिमेकीको खेतमा अन्य जातको धानको बाला झुलिसकेका छन् । तर, गरिमा धान रोपेका किसानको खेतमा धान बाला नलागेर ठाडो परेको छ । जसले गर्दा किसान निरास छन् ।

अन्य जातको बाला लागेको धान

उक्त जातको धानको बीउ नेपालमा सनराइज एग्रीकल्चर एण्ड रिसर्च सेन्टर टिकुलीगढ दाङले वितरण गरेको होे । धानको बीउ वितरणको विषयमा सनराइज एग्रीकल्चर रिसर्च सेन्टरका प्रमुख सुनिता चौधरीसँग बुझ्दा उहाँले भारतबाट नै प्याकिङ भई लेभल लगाएर ल्याइने गरेको बताए । उनले भारतमा ब्रिडिङ गरिने भएकाले प्याकिङको समयमा त्रुटि भएको हुनसक्ने आशङ्का व्यक्त गरे । तर यसको आधिकारिक टुङ्गो ल्याब टेष्टबाट हुने भएकाले अहिले नै यही हो भन्न सकिने अवस्था भने नरहेको उनको भनाइ छ । रिसर्च सेन्टरले उपलब्ध गराएको तथ्याङ्कअनुसार गरिमा धानको बीउ २१ टन बढी बिक्री भएको देखिन्छ ।

सनराइज एग्रीकल्चर रिसर्च सेन्टर टिकलीगढ, देउखुरीले विभिन्न छ वटा केन्द्रमार्फत गरिमा धानको बीउ बिक्री गरेको हो । कृषि ज्ञान केन्द्रका प्रमुख बस्नेतले स्थलगत अध्ययन पछि बीउको ब्रान्डिङमाथि आशङ्का व्यक्त गरेका छन् । उनले गरिमा जातको धान भनेर अरु कुनै जातको धान त्रुटिवश आयात भएको हुनसक्ने बताए । खेतका आलीमा हेर्दा कहीँकतै दुईचार बोट धान फलेको हुँदा बीउमा मिश्रण भएको अनुमान लगाउन सकिने आधार देखिएको उनको भनाइ छ ।

अहिले धान फल्ने अवस्था नरहे पछि के गर्ने भन्नेमा अन्योल देखिए पनि बीउ वितरक र पीडित किसानबीच सहमतिमै क्षतिपूर्ति भराउने विषयमा पनि आन्तरिक छलफल भइरहेको छ । गरिमा जातको धान देउखुरीमा मात्रै करीब ८० बिगाहा क्षेत्रफलमा रोपिएको अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । यसको उत्पादन अब नहुने भएपछि कृषकले न्यायोचित पहल गरिदिन र राहतको व्यवस्थापन गरिदिन सरोकार निकायसँग माग गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies